अमेरिकी गृह सुरक्षा विभाग( डिएचएस)ले न्याय विभागका केही निकायलाई आप्रवासन अधिकारीको “कार्यहरू” गर्न अनुमति प्रदान गरेको छ ।
एबिसीन्यूजका अनुसार नयाँ ज्ञापनपत्र अनुसार गृह सुरक्षा विभागले न्याय विभागका केही कानून प्रवर्तन घटकहरूलाई आप्रवासन अधिकारीको “कार्यहरू” गर्न अनुमति दिइरहेको छ ।]
गृह सुरक्षा विभागका कार्यवाहक सचिव बेन्जामिन हफम्यानले पठाएको ज्ञापनपत्रले न्याय विभागका एजेन्सीहरूलाई “एफबिआईलाई पहिले नै प्रदान गरिएको समान अधिकार” प्रदान गर्दछ । ती निकायहरूका गुप्तचरहरूले आप्रवासन कानून लागू गर्न सक्छन्।
ज्ञापनपत्रमा सूचीबद्ध निकायहरूमा क्रमस लागूऔषध प्रवर्तन प्रशासन, मदिरा सुर्ती , बन्दुक तथा विस्फोटक पदार्थ बिभाग, अमेरिकी मार्शल सेवा तथा संघीय कारागार ब्यूरो रहेका छन् ।
प्रतिक्रिया