निरन्तर सहयोगका लागि अपिल
हिजो जनवरी २०, २०२५, रिजउड नेपाली समाज, दुर्गा मन्दिर तथा विभिन्न संघसंस्था एवं मिडिया पार्टनर्सहरूको संयुक्त सहकार्यमा आयोजित ‘न्यूयोर्क श्रीस्वस्थानी व्रतकथा महोत्सव’ को ८औं दिन भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा मन्दिर तथा नेपाली समुदाय र सांस्कृतिक केन्द्र स्थापना गर्नका लागि पहिलो हप्तामै२४,१०८.७५ अमेरिकी डलर संकलन, निरन्तर सहयोगका लागि अपिल गरिएको थियो।
उक्त दिनको कार्यक्रमले समुदायमा धार्मिक आस्था, एकता, र सहयोगको भावना झल्काउँदै नेपाली परम्परा र संस्कृति जर्गेना गर्ने उद्देश्यलाई अगाडि बढाएको छ। समारोहमा उपस्थित विभिन्न नेपाली-अमेरिकी संघसंस्थाका प्रतिनिधिहरू, समुदायका सदस्यहरू, र अतिथिहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
जनवरी १३, २०२५, को दिन रिजउड नेपाली समाज, दुर्गा मन्दिर, तथा विभिन्न संघसंस्था र मिडिया पार्टनर्सको संयुक्त सहकार्यमा आयोजित ‘न्यूयोर्क श्रीस्वस्थानी व्रतकथा महोत्सव’ को भव्य रूपमा उद्घाटन सम्पन्न भएको थियो। उद्घाटन समारोह रिजउड नेपाली समाजका संस्थापक ट्रस्टीहरू र सचिव अमित प्रताप शाहको होस्टमा सम्पन्न भयो। समारोहमा NYC Mayor’s Office of Faith-Based and Community Partnerships का कार्यकारी निर्देशक पास्टर गिलफोर्ड टी. मोनरोस र New York State Assemblywoman जेनिफर राजकुमारको कार्यालयका उपप्रमुख पनि उपस्थित भएर आफ्नो मन्तव्य राख्नुभएको थियो। साथै, रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले पनि समारोहलाई सम्बोधन गर्नुभएको थियो।
जनवरी १३ देखि फेब्रुअरी १२ सम्म एक महिनासम्म हरेक दिन बेलुका ७ बजे देखि ९ बजेसम्म सञ्चालन भइरहेको यस न्यूयोर्क श्रीस्वस्थानी महोत्सव कार्यक्रमले समुदायमा धार्मिक आस्था, एकता, र सहयोगको भावना झल्काउँदै नेपाली परम्परा र संस्कृति जर्गेना गर्ने उद्देश्यलाई अगाडि बढाएको छ।
रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले कार्यक्रममा बोल्दै, “यस महोत्सवले नेपाली समुदायलाई एकताबद्ध गर्न मात्र होइन, हाम्रो सांस्कृतिक पहिचान र धार्मिक आस्थालाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। म यो अभियानमा सहभागिता जनाउने सबैलाई धन्यवाद दिन चाहन्छु,” भन्नुभयो।
कार्यक्रम संयोजक तुलसीराम आचार्यले आफ्नो मन्तव्यमा भन्नुभयो, “हाम्रो प्रमुख लक्ष्य मन्दिर र सांस्कृतिक केन्द्र स्थापना गरेर आगामी पुस्ताहरूका लागि हाम्रो परम्परालाई संरक्षण गर्नु हो। यो महोत्सवमा देखिएको सहभागिता र सहयोगले यो सपना पूरा गर्न अझ धेरै ऊर्जा दिएको छ।”
समारोहमा विभिन्न नेपाली-अमेरिकी संघसंस्थाका प्रतिनिधिहरू, समुदायका सदस्यहरू, र अतिथिहरूको उत्साहजनक सहभागिता जारी छ। यसपालिको कार्यक्रमको मुख्य उद्देश्य न्यूयोर्कमा मन्दिर र नेपाली कम्युनिटी तथा कल्चर सेन्टर स्थापना गर्नका लागि कोष संकलन गर्नु रहेको छ। यसै कारण, धेरै उत्साहपूर्वक उपस्थिति र सहयोग प्राप्त भइरहेको कुरा Strategy & Outreach Coordinator अमित प्रताप शाहले जानकारी गराउनुभयो।
यसै अवसरमा, कार्यक्रम आयोजकहरूले सबैलाई निरन्तर सहयोगका लागि अपिल गर्नुभएको छ। आफ्नो समय, योगदान र सहकार्यमार्फत यो ऐतिहासिक पहललाई सफल बनाउन अझ धेरै सहभागी हुन र आफ्नो भूमिका निभाउन आयोजकहरूले अनुरोध गरेका छन्। “तपाईंहरूको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ,” आयोजकहरूको भनाइ छ।
उद्घाटन समारोहको संचालन रिजउड नेपाली समाजका संस्थापक ट्रस्टी तथा सचिव अमित प्रताप शाहले गर्नुभएको थियो।
प्रतिक्रिया