निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धबाट बच्न टिकटकलाई ९० दिनको समय थप्ने सङ्केत दिएका छन् ।
ट्रम्पले शनिबार एनबीसी न्यूजकी क्रिस्टेन वेल्करसँगको एक विशेष दूरवार्ता (फोन )अन्तर्वार्तामा टिकटकको बारेमा कुराकानी गरे । ट्रम्पले शनिबार एनबीसी न्यूजको “मिट द प्रेस” कार्यक्रम प्रस्तोता क्रिस्टेन वेल्करलाई आफूले सोमबार पदभार ग्रहण गरेपछि अमेरिकामा सम्भावित प्रतिबन्धबाट टिकटकलाई ९० दिनको समय थप्ने “सम्भावना” रहेको बताए।
उनले अन्तिम निर्णय लिई नसकेको बताए । तर टिकटकको चीनमा आधारित प्रतिष्ठान(कम्पनी )लाई गैर-चिनियाँ-क्रेतालाई बेच्न वा अमेरिकी प्रतिबन्धको सामना गर्न आइतबारको समयसीमा ९० दिनको समय थप्ने विचार गरिरहेको जनाए ।
“मलाई लाग्छ, निश्चित रूपमा ९० दिनको समय थप्ने कुरा सम्भवतः गरिनेछ, किनभने यो उपयुक्त छ। हामीले यसलाई ध्यानपूर्वक हेर्नुपर्छ, ट्रम्पले दूरवार्ता अन्तर्वार्तामा भने।
“यदि मैले त्यसो गर्ने निर्णय गरें भने, म सम्भवतः सोमबार घोषणा गर्नेछु,” उनले भने। गत वर्ष पारित द्विपक्षीय कानूनमा विशेष परिस्थितिहरूमा ९० दिनको विस्तार स्पष्ट रूपमा अनुमति दिइएको छ। टिकटकको समय सीमा जनवरी १९,२०२५ हो ।
बाइडेन प्रशासनले बारम्बार कानून लागू गर्ने योजना नभएको बताएको छ । ह्वाइट हाउसका प्रेस सचिव करिन जीन-पियरले शनिबार बिहान एक विज्ञप्तिमा टिकटकले ह्वाइट हाउसबाट ‘निश्चित’ वक्तब्य नभएसम्म टिकटक ‘अन्धकारमा जान बाध्य’ हुने घोषणा बाइटडान्स(टिकटक )गरेकोले त्यसलाई “स्टन्ट” अर्थात् प्रचार साधन (ध्यान तान्न गरिने काम भनिन् ।
“हामीले हाम्रो अडान स्पष्ट र सीधा राखेका छौं: यो कानून लागू गर्ने कार्यहरू अर्को प्रशासनमा पर्ने,छ उनले भनिन्। राष्ट्रपति जो बाइडेनले गत अप्रिलमा कानूनमा हस्ताक्षर गरेका थिए।
प्रतिक्रिया