अमेरिकी पुनरावेदन अदालतद्वारा फेरि डिएसिए (डाका)लाई गैरकानूनी घोषणा , तर अध्यागमन नीति जीवितै राख्ने

इनेप्लिज २०८१ माघ ५ गते १२:५२ मा प्रकाशित

वाशिंगटन डिसीस्थित एक संघीय पुनरावेदन अदालतले शुक्रबार डिफर एक्सन फर चाइल्डहुड एराइभल्स अर्थात् डिएसिए (डाका) लाई गैरकानूनी घोषित गरेको छ ।

यसले सानो उमेरमा अमेरिका आएका बालबालिकाहरुको भबिश्यलाई अझ अन्यौल बनाई दिएको छ । निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण अघि बच्चाको रूपमा अमेरिकामा ल्याइएका ५ लाख भन्दा बढी अनाधिकृत आप्रवासीहरूमाथि अनिश्चितता छाएको छ ।

पाचौ अमेरिकी अपील अदालतका न्यायाधीशहरूको समूहले तल्लो अदालतको निर्णयलाई समर्थन गरेको छ । अदालतले बाइडेन प्रशासनको नियमले अमेरिकी अध्यागमन कानूनको उल्लङ्घन गरेको जनाएको छ ।

यद्यपि शुक्रबारको निर्णयले यथास्थितिलाई तुरुन्तै परिवर्तन गर्दैन। न्यायाधीशहरूले हालको डाकालाई जीवित राखेका छन् । १२ वर्ष भन्दा बढी समय देखि डाका योजना तथा नीतिले लाखौ आप्रवासीहरूलाई अमेरिकामा काम गर्ने अनुमति दिएको छ ।

अमेरिकी नागरिकता र अध्यागमन सेवाका अनुसार उक्त डाका नीतिमा गत सेप्टेम्बर २०२४ को अन्त्यसम्म डिएसिएमा लगभग ५३८,००० आप्रवासीहरू भर्ना भएका थिए ।

डाका नीतिको लागि योग्य हुनको लागि आवेदकहरूले आफ्नो १६ औं जन्मदिन अथवा सन् २००७ अघि अमेरिकामा आइपुगेको प्रमाणित गर्नुपर्ने थियो ।

सिबिसीन्यूजक अनुसार गत शुक्रबारको फैसलाले अमेरिकी सर्वोच्च अदालतको लागि अन्ततः डाकामा वर्षौं सम्म लामो कानूनी लडाईलाई समाधान गर्न मार्ग प्रशस्त गर्न सक्छ। बाइडेन प्रशासनको न्याय विभागले अदालतमा डाकालाई कडाइका साथ प्रतिरक्षा गरेको छ। सन् २०२० मा सर्वोच्च अदालतले प्राविधिक आधारमा डाका अर्थात् डिएसिए को समाप्ति रोकेको थियो।

प्रतिक्रिया