ह्वाइट हाउसबाट ‘निश्चित’ वक्तब्य नभएसम्म टिकटक ‘अन्धकारमा जान बाध्य’ हुनेछ : बाइटडान्स(टिकटक व्यवस्थापन)

इनेप्लिज २०८१ माघ ५ गते ११:२१ मा प्रकाशित

ह्वाइट हाउसबाट ‘निश्चित’ वक्तब्य नभएसम्म टिकटक ‘अन्धकारमा जान बाध्य’ हुने घोषणा बाइटडान्स(टिकटक )व्यवस्थापनले गरेको छ ।

सामाजिक संजाल मन्च (सोशल मिडिया प्लेटफर्म) टिकटकले व्हाइट हाउसले यसको भविष्यको बारेमा “निश्चित” वक्तब्य जारी नगरेसम्म आइतबार “अन्धकार हुन बाध्य” हुने प्रतिष्ठान( कम्पनी)ले शुक्रबार राती वक्तब्य जारी गरेको हो ।

यो घोषणा अघिल्लो दिन सर्वोच्च अदालतले टिकटकलाई प्रतिबन्ध लगाउने कानूनलाई समर्थन गरेपछि आइतवारसम्म मंच (प्लेटफर्म)उक्त घोषणा आएको हो ।

बाइडेन प्रशासनले गत शुक्रबार यसले समयसीमा समाप्त पछि तुरुन्तै प्रतिबन्ध लागू नगर्ने जनाएको छ । कानूनको कार्यान्वयन निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छोड्ने जनाएको छ । यद्यपि टिकटकले बाइडेन प्रशासनका सन्देशहरू पर्याप्त स्पष्ट नभएको बताएको छ।

“बाइडेन ह्वाइट हाउस र न्याय विभाग दुबैद्वारा आज जारी गरिएका वक्तब्यहरूले १७ करोड (१७० मिलियन) भन्दा बढी अमेरिकीहरूलाई टिकटकको उपलब्धता कायम राख्न अभिन्न सेवा प्रदायकहरूलाई आवश्यक स्पष्टता र आश्वासन प्रदान गर्न असफल भएको छ,” सामाजिक संजाल प्रतिष्ठानले एक बिज्ञप्तिमा जनाएको छ ।

टिकटक प्रतिबन्धको विरोध गर्ने ट्रम्प यसलाई उल्टाउन खोजी रहेका छन् । “सर्वोच्च अदालतको निर्णय अपेक्षित थियो, र सबैले यसको सम्मान गर्नुपर्छ,” ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा टिप्पणी गरेका छन् । ट्रम्पले आगामी सोमबार पदभार ग्रहण गर्दैछन ।

प्रतिक्रिया