लस एन्जेलसमा लागेको आगलागीमा कम्तिमा १८ जना अझै बेपत्ता छन्: शेरिफ विभाग

इनेप्लिज २०८१ माघ ४ गते १२:३२ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टी शेरिफ विभागले दक्षिणी क्यालिफोर्नियाको जंगलको आगलागी पछि १८ जना अझै बेपत्ता रहेको बताएको छ।

प्रहरी अधिकारीहरूले इटन र प्यालिसेड्स आगलागीसँग सम्बन्धित ४३ जना हराएका व्यक्तिको विवरण प्राप्त गरेका छन्। तीमध्ये १२ जना सुरक्षित फेला परेका छन्।

शेरिफको पछिल्लो अध्यावधिक अनुसार बेपत्ता रहेका ३१ जना मध्ये, अनुसन्धानकर्ताहरूले १३ जनाको अवशेष फेला पारेका छन्।

शेरिफ विभागले खोजी र उद्धार कर्मचारीहरू र शव कुकुरहरू प्रयोग गरेर अनुसन्धानकर्ताहरूले हराएका व्यक्तिहरु सम्बन्धित संरचनाहरू खोजिरहेका छन्।

प्रतिक्रिया