अमेरिका पूर्व सभामुख न्यान्सी पेलोसी सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोहमा भाग नलिने भएको उनका प्रवक्ताले जनाएका छन्।
पेलोसीले पहिलो ट्रम्प प्रशासनमा डेमोक्र्याटको नेतृत्व गरेकी थिईन भने २०१७ मा उनको उद्घाटनमा भाग लिएकी थिईन।
उनि सभामुख रहेकी थिईन ।उनी सभामुख हुदा उनी विरुद्ध महाभियोगमा सक्रिय रुपमा सहभागी भएकी थिईन।
प्रवक्ताले निर्वाचित राष्ट्रपतिको दोस्रो उद्घाटनमा उनको योजनाबद्ध अनुपस्थितिको कारण नबताएको सिविसिन्यूजले जनाएको छ ।
डिसेम्बरमा लक्जमबर्गको विदेशी यात्राको क्रममा पेलोसी लड्दा उनको कम्मरमा चोट लागेको थियो।
अमेरिका फर्किनु अघि हिप ( नितम्ब)प्रतिस्थापन शल्यक्रिया गरेकी थिईन। उनी यस महिनाको सुरुमा सॅसद भवनमा वैशाखीमा देखिएकी थिइन्।
२०२२ को मध्यावधि चुनाव पछि नेतृत्वबाट राजीनामा दिएकी थिईन।
प्रतिक्रिया