इजरायली मन्त्रिपरिषद्ले युद्धविराम र बन्धक रिहाई सम्झौतालाई अनुमोदन गर्न शुक्रबार बिहान कार्यक्रम रहेको एक इजरायली अधिकारीले बताए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले दोहामा वार्ताको टेबुलमा अन्तिम मिनेटका अवरोधहरू अझै समाधान भइरहेको बताएपछि मन्त्रिपरिषद्को बैठक सुरुमा हुने भनिएको भन्दा एक दिन ढिलो हुने भएको सिएनएनले जनााएको छ।
शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाउने निर्णयले ती बाँकी समस्या समाधान भएको संकेत गरेको छ ।
प्रधानमन्त्री कार्यालयले यसअघि ती समस्या समाधान भएपछि मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने संकेत गरेको थियो ।
प्रतिक्रिया