इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी राष्ट्रपति जो बाइडेन दुवैलाई बन्धकहरूका लागि युद्धविराम सम्झौतालाई “अगाडि बढाउन” सहयोग गरेकोमा धन्यवाद दिन दूरवार्ता (फोन) गरेका छन्।
बुधबार नेतान्याहूको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ , उनले “बन्धकहरूको रिहाइलाई अगाडि बढाउने र दर्जनौं बन्धकहरू र उनीहरूका परिवारहरूको पीडा अन्त्य गर्न इजरायललाई मद्दत गरेकोमा” ट्रम्पलाई धन्यवाद दिएका छन्।
ट्रम्पसँगको कुराकानीको क्रममा नेतान्याहूले “आवश्यक पर्ने कुनै पनि माध्यमबाट सबै बन्धकहरूलाई फिर्ता ल्याउने आफ्नो प्रतिबद्धतामा जोड दिए”, विज्ञप्तिमा भनिएको छ।
उनले गाजा फेरि कहिल्यै आतंकवादको आश्रयस्थल नबनोस् भन्ने अमेरिकाले इजरायलसँग काम गर्ने ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरे। नेतान्याहू र ट्रम्प दुवै बीच वाशिंगटन डीसीमा भेट्ने योजनाहरूबारे पनि छलफल गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया