भारत प्रहरीले ५ वर्षको अवधिमा किशोरीलाई बलात्कार र यौन दुव्र्यवहार गरेको आरोपमा दर्जनौंलाई पक्राउ गरेको सिविएसन्यूजले जनाएको छ ।
दक्षिणी भारतीय राज्य केरलाको प्रहरीले पछिल्लो पाँच वर्षमा १८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ६४ पुरुषमध्ये ४९ जनालाई पक्राउ गरेको छ।
पहिचान नखुलेकी ती युवतीले १३ वर्षको उमेरदेखि आफूमाथि पटकपटक यौन दुर्व्यवहार र सामूहिक बलात्कार भएको अनुसन्धानकर्ताहरूलाई बताएकी छन्।
आक्रमणमा संलग्न व्यक्तिहरूमा बालिकाको बाल्यकालको साथी, छिमेकी र परिवारका साथीहरू पनि समावेश रहेको प्रहरीले बीबीसी न्यूजलाई बताए।
भारतीय स्थानिय पत्रिकाक अनुसार अभियुक्तहरूमा उनको महाविधालय(कलेज)का कम्तीमा पाँच विद्यार्थी र उनको विधालयका पूर्व सहपाठीहरू छन्।
द टाइम्स अफ इन्डियाका अनुसार अधिकांश अभियुक्तहरू नावाबिग या २० वर्षको उमेरमा रहेका छन्।
“४९ जनालाई हिरासतमा लिइएको छ,” पठानमथिट्टा जिल्लाका प्रहरी नायब उपरीक्षक नन्दकुमार एसले बुधबार एएफपी समाचार संस्थालाई भने। बाँकी १४ जनाको पहिचान गरिसकेका छौँ र उनीहरुलाई छिट्टै पक्राउ गरिने छ ।
पाँच वर्षअघि बालिकाको छिमेकीले यौन दुर्व्यवहार गरेको र यौनजन्य तस्बिर र श्रव्यदृश्य( भिडियो) खिचेर अरूलाई साझा( शेयर) गरेपछि युवतीमाथि दुव्र्यवहार गरिरहँदा व्लाकमेल( भयादोहन) गर्ने गरेको आरोपमा दुव्र्यवहार सुरु भएको थियो ।
प्रहरीले भारतीय सञ्चारमाध्यलाई बताए अनुसार बालिकालाई विगत पाँचमा बर्षम् कम्तिमा तीन पटक सामूहिक बलात्कार भएको बताए ।
प्रतिक्रिया