एमाजोन र वाशिंगटन पोष्टका मालिक जेफ बेजोस र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यंग्यात्मक ब्यङ्गचित्र (कार्टुन) प्रकाशित गर्न अस्वीकार गरेको भन्दै वाशिङटन पोस्टका ब्यङ्ग चित्रकार (कार्टुनिस्ट)ले राजीनामा दिएका छन् ।
पुलित्जर पुरस्कार विजेता ब्यङ्ग चित्रकार एन टेलनेसले शुक्रबार वाशिंगटन पोस्टबाट राजीनामा दिएको घोषणा गरेकी थिइन ।
वाशिंगटन पोष्टका पत्रिकाले अर्बपति मालिक बेजोसलाई नवनिर्वाचित राष्ट्रपति ट्रम्पको अगाडि घुँडा टेकेको चित्रण गरेको व्यंग्यात्मक ब्यङ्गचित्र(कार्टुन) प्रकाशित गर्न अस्वीकार गरे पछि उनको राजिनामा आएको सिएनएनले जनाएको छ ।
सन् २००८ देखि द वाशिंगटन पोष्टमा रहेकी तलनेसले आफ्नो राजीनामाको घोषणा गर्दै सबस्ट्याक डटकममा लेखेकी छिन्, “मैले प्रकाशनको लागि पेश गरेको ब्यङ्गचित्र (कार्टुन)हरूका बारेमा सम्पादकीय प्रतिक्रिया र उत्पादक वार्तालापहरू — र केही भिन्नताहरू थिए । मैले मेरो कलमलाई कसलाई वा केलाई लक्षित गरेको कारणले कहिल्यै ब्यङ्गचित्र मारेको छैन अहिलेसम्म ।”
ब्यङ्गचित्रमा बेजोस, मेटाका संस्थापक मार्क जुकरबर्ग र ओपनएआई प्रमुख साम अल्टम्यानलाई घुँडा टेकेर ट्रम्पको मूर्तिलाई नगदका झोलाहरू ओठे लाली (लिपस्टिक) लगाएको लस एन्जलस टाइम्सका मालिक प्याट्रिक सून-शियोङ र मिकी माउसलाई झुकाउँदै गरेको चित्रण गरिएको छ।
कार्टुनले “आगामी राष्ट्रपति-निर्वाचित ट्रम्पको पक्षमा पुर्याउन सक्दो प्रयास गर्ने अर्बपति प्राविधिक र संचार माध्यमका प्रमुख कार्यकारीहरूको आलोचना गर्दछ,” ,उनले भनिन् ।
ब्यङ्गचित्र अस्विकार भनेको स्वतन्त्र प्रेसको लागि खतरनाक हो ,उनले भनेकी छिन् । द वाशिंगटन पोष्टका विचार सम्पादक डेभिड शिप्लेले एक अखबारका प्रवक्ताले उपलब्ध गराएको विज्ञप्तिमा टेलनेसको सम्मान गर्ने बताए । तर म उनको घटनाहरूको व्याख्यासँग असहमत रहेको जनाए।
एमाजोनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोहमा १० मिलियन डलर दिने योजना बनाएको छ । गत महिना बेजोसले फ्लोरिडाको मारो लागोमा ट्रम्पसँग खाना खाए । र एमाजोनले ट्रम्पको उद्घाटनमा १ मिलियन डलर दान गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया