एमसिसि सम्झौताको लागि थप ५० मिलियन डलर अमेरिकाद्वारा स्विकृत, कूल ७४७ मिलियन डलर पुग्ने

इनेप्लिज २०८१ पुष १९ गते १५:१३ मा प्रकाशित

एमसिसि सम्झौताको लागि थप ५० मिलियन डलर अमेरिकाले  स्विकृत गरेको छ ।

अमेरिकी दूतावास काठमाडौले सामाजिक सॅजाल एक्समा उक्त कुरा प्रकाशन गरेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) बोर्डले Millennium Challenge Corporation – MCC नेपाल कम्प्याक्टको लागि थप ५० मिलियन अमेरिकी डलर स्वीकृत गरेको जनाएको छ ।

 सम्झौताको कुल वजेटलाई ७४७ मिलियन अमेरिकी डलरसम्म पुर्याउने दूतावासले बताएको छ ।

 विज्ञप्तीमा यो  उत्तम कदमले अमेरिका र नेपाल बीचको लगातार र सशक्त साझेदारीलाई प्रदर्शन गर्दछ । यस्ले नेपाली नागरिकहरूको जीवनस्तर सुधार गर्नका लागि रूपान्तरणकारी पूर्वाधार परियोजनाहरू अघि बढाउनको लागि दुबै देशको समर्पणलाई थप प्रगाढ पनि बनाउने बिश्वास लिएको जनाएको छ ।

 यस थप सहयोग प्रस्तावलाई अब नेपाल सरकारको स्वीकृतिका लागि पठाइने जनाएको छ ।

आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्नका निम्ति कार्यरत मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो ।

 सन् २००४ मा स्थापित एमसीसीले सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी कडा मापदण्डहरू पुरा गर्ने देशहरूलाई पूर्वाधार निर्माण वा सुधारका साथै नीतिगत तथा संस्थागत सुधारमा लगानी गर्नका निम्ति समयसीमामा बाँधिएका अनुदानहरू उपलब्ध गराउँछ।

प्रतिक्रिया