अमेरिकाको लुजियाना राज्यमा नयाँबर्षको भिडमा गाडी जानीजानी जोत्दा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
अमेरिकाको लुजियाना राज्यको न्यू अर्लिन्स शहरमा उक्त घटना भएको प्रहरी अधिकारीहरु बताएका छन् । उक्त घटना बुधबार बिहान करिव ३ बजे भएको बताईएको छ ।
न्यू अर्लिन्स शहरको बोर्बन स्ट्रिट अर्थात् मार्गमा घटना पछि चालक फरार रहेको प्रहरीले जनाएको छ। बुधवार बिहान भीडलाई एउटा गाडीले ठक्कर दिएको न्यू अर्लिन्स प्रहरी अधिकारीहरूले भने।
आक्रमण जानीजानी जस्तो देखिन्छ, प्रहरीले एबीसी न्यूजले बताए । प्रहरीले अझै पनि चालकलाई हिरासतमा लिन नसकिएको बताएका छन् ।
गभर्नर जेफ ल्यान्ड्रीले आज बिहान बोर्बन मार्गमा डरलाग्दो हिंसा भएकोमा दुख व्यक्त गरेका छन् । उनले पीडित परिवार प्रति समवेदना दिएका छन् ।
एबीसी न्यूजसँग सम्बद्ध डब्लुजीएनओका अनुसार बिहान ३:१५ बजे आक्रमण भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई पाँच वटा स्थानीय अस्पतालमा लगिएको छ।
प्रतिक्रिया