न्युयोर्क एक ४० बर्षिय आमालाई मानव ढालको रूपमा प्रयोग गर्दै सुबिधा पसलमा गोली चलाउदा ६ जना घाइते भएका छन् । मानव ढाल बनाईएकी महिलालाई पनि पेटमा गोली प्रहार गरिएको न्यूयोर्क प्रहरी बिभागले जनाएको छ ।
एबिसीन्यूजका अनुसार दुई संदिग्ध बन्दुकधारी अझै फरार छन्।
न्यूयोर्क प्रहरी विभागका अनुसार ब्रन्क्सको बरोको भीडभाड सुविधा पसलमा गत सोमबार साँझ मानिसहरूको समूहमा गोली चलाउने दुई बन्दुकधारीहरू मंगलबार बिहान सम्म फरार रहेका छन् । तर अनुसन्धानकर्ताहरूले उनीहरूलाई पहिचान गरेका छन् ।
तर आमाको नाम सार्वजनिक गरिएको छैन । उनको पेटमा गोली लागेको थियो । उनको १२ वर्षीया छोरीलाई पनि खुट्टामा गोली लागेको छ । अन्य चार जनालाई पनि बन्दुकको गोली लागेको विभागका अन्तरिम प्रमुख जोन चेलले बताए । जि एण्ड डब्लु नामक पसल बाहिर सोमबार साँझ पत्रकार सम्मेलनमा उनले घटनासाँझ ५ बजेतिर भएको बताए ।
अन्वेषकहरूले समीक्षा गरेको सुरक्षा श्रब्यदृश्य (भिडियो)मा दुई कथित बन्दुकधारीहरूलाई सुविधा पसलको बाहिर सडकमा दौडिरहेको बेला पसल बाहिर भेला भएका धेरै मानिसहरूलाई समेत गोली हानेका थिए।
आमा र उनकी छोरी पसलको पैसा तिर्ने छेउमा उभिरहेका थिए । पसलको अगाडिका झ्यालहरू बन्दुकको गोलीले चकनाचुर भएका थिए । दुई कथित बन्दुकधारीहरू मध्ये एकले कालो नाइकी स्वेटसूट (व्यायाम वस्त्र )लगाएका थिए र अर्कोले खैरो टाउको छोप्ने व्यायाम वस्त्र (स्वेटसर्ट )लगाएका थिए, चेलले भने।
प्रतिक्रिया