संसारभर नयाँ वर्ष २०२५ को उत्सव सुरु भएको छ । अमेरिका र नेपाल मनाउने तरखरमा रहेका छन् । अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायहरुले कार्यक्रम माथि कार्यक्रम आयोजना गर्ने भएका छन् ।
अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपाली नयाँ वर्ष र अंग्रेजी दुवै नयाँ बर्ष अत्यन्तै हर्सोउल्लास साथ मनाइने हुनाले तयारी अवस्थामा रहेका छन् ।
अमेरिकामा दोश्रो पुस्ताहरुको संख्या अत्यधिक वृद्धि हुदै गएको अवस्थामा उनीहरुलाई यसको महत्व अझ ज्यादा लाग्ने हुनाले उनीहरुसंगै पहिलो पुस्ताका अभिभावकहरु पनि संगै नयाँ बर्ष २०२४ लाई स्वागत गर्न तत्पर रहेका छन् ।त्यस्तै नेपालमा पनि डिसेम्बर ३१ साँझ सुरु भै सकेकोले मनाउने क्रम भर्खर सुरु भएको छ ।
न्यूयोर्क शहरको टाइम्स स्क्वायरमा २०२५ को सुरुवातको घोषणा गर्नु अगाडी नै विश्वभरका दर्जनौं देशहरूले नयाँ वर्षलाई स्वागत गरिसकेका छन्।
किरिबाटी मध्य प्रशान्त महासागरमा रहेको एउटा टापु देश हो जहा सन् २०२५ लाई सुरुवात गर्ने पहिलो टापु भै सकेको छ ।
उता नयाँ बर्ष मनाई रहदा संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३१,२०२४ बिहान ५ बजे बजेको थियो ।
प्यासिफिक टापु राष्ट्रलाई न्युजिल्यान्डको चथम टापुहरू नयाँ बर्षलाई स्वागत गर्दा अमेरिकामा बिहान ५ :१५ बजे अमेरिकी पूर्वीय समय भएको छ ।
त्यसपछि धेरैजसो न्यूजील्याण्डले बिहान अमेरिकी पूर्वीय समय ६ बजे टोकेलाउ, सामोआ, टोंगा, किरिबाटीको फिनिक्स टापुहरू र अन्टार्कटिकाका केही क्षेत्रहरूमा नयाँ बर्ष मनाएका छन् ।
प्रतिक्रिया