अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको राजकीय अन्त्येष्टि जनवरी ९ मा डिसीमा हुने भएको छ ।
१०० वर्षको उमेरमा गत आइतबार निधन भएका कार्टरको अन्त्येष्टि जनवरी ९ मा वाशिङटन नेशनल क्याथेड्रल(राष्ट्र्रिय मुख्य गिर्जाघर)मा गरिने भएको छ ।
कार्टर पनि अमेरिकी संसद भवनको रोटुन्डा( गोलाकार भवन) मा राखिने कार्टर केन्द्रले सोमबार बताएको छ । अमेरिकी ३९ औ राष्ट्रपति अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म बाँच्ने अमेरिकी राष्ट्रपति भएका छन् ।
राष्ट्रपति जो बाइडेन कार्टरलाई “सिद्धान्त, विश्वास र नम्रताको व्यक्ति” भनेर प्रशंसा गरेका छन् । जनवरी ९ लाई पूर्व डेमोक्रेटिक राष्ट्रपतिको लागि राष्ट्रिय शोक दिवसको रूपमा मनाइने जनाए ।
साथै राष्ट्रपति बाइडेनले सोमबार सबै संघीय निकायहरूलाई कार्टरको सम्मानको प्रतीकको रूपमा जनवरी ९ मा बन्द गर्न आदेश दिए।
वाशिंगटनमा डिसीमा अन्त्येष्टि अघि धेरै दिन कार्यक्रमहरू हुने भएका छन् । जनवरी ४ मा कार्टरको गृहनगर जर्जिया हुँदै सवारी साधनद्वारा शोक यात्रा गरिने र एटलान्टा जानु अघि उनको बाल्यकालको घरमा रोकिनेछ ।
कार्टरलाई जनवरी ५ र ६ मा राष्ट्रपति पुस्तकालयमा राखिने छ ।
जनवरी ७ बिहान उनलाई वासिङ्टन लगिने छ। अमेरिकी नौसेना मेमोरियल देखि अमेरिकी संसद सम्मको अन्त्येष्टि यात्राको योजना रहेको एबिसीन्यूजले जनाएको छ । उनलाई जनवरी ९ , बिहान १० बजे वाशिंगटन स्थित नेसनल क्याथेड्रल(राष्ट्रिय मुख्यगिर्जाघर )मा अन्त्येष्टि सेवासम्म त्यहाँ राखिने छ ।
प्रतिक्रिया