रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चेचन्याको ग्रोज्नीमा अजरबैजान बिमानरुसी आकाशमा प्रवेश गरेपछि दुर्घटना भएकोमा माफी मागे । तर उनले त्यसको जिम्मेवार रुसले नलिएको सिएनएनले जनाएको छ ।
क्रेमलिनका अनुसार विमान ग्रोज्नीमा अवतरण गर्ने प्रयास गर्दा रुसको वायु रक्षा प्रणाली सक्रिय रहेको पुटिनले शनिबार बताए । विमानस्थलमा पुग्न नसकेपछि विमान पूर्व दिशातर्फ मोडियो र अन्ततः कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भयो र त्यसमा सवार ३८ जनाको मृत्यु भयो।
कजाकस्तानको आपतकालीन अवस्था मन्त्रालयका अनुसार विमानमा ६४ यात्रु र पाँच चालक दलका सदस्यसहित ६९ जना सवार थिए । मन्त्रालयले दुर्घटनामा २९ जना बाँच्न सफल भएको र धेरैलाई अस्पताल भर्ना गरिएको थियो । दुर्घटना भएको विमान एम्ब्रेयर १९०को उडान संख्या जे २ -८२४३ रहेको थियो ।
विमानमा अजरबैजान, रुस, काजाकिस्तान र किर्गिस्तानका हवाई यात्रीहरु सवार थिए । बाँचेका मध्ये दुई बालबालिकाहरु पनि थिए ।
एक अमेरिकी अधिकारीले गत बिहीबार सिएनएनलाई प्रारम्भिक संकेतहरूले रुसी मार हान्न सक्ने प्रणालीले यात्रु बिमानलाई खसालेको हुन सक्छ भनेका थिए । आफ्नो टिप्पणीमा पुटिनले रुसी वायु सुरक्षाले विमानलाई हानेको बताएनन्।
पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभसँगको दूरवार्ता गरे । “रूसी हवाई क्षेत्रमा भएको दुःखद घटनाको लागि माफी मागे”, क्रेमलिनद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
क्रेमलिनका अनुसार विमानले “बारम्बार ग्रोज्नीको बिमानस्थलमा अवतरण गर्ने प्रयास गर्यो” तर एकै समयमा, “ग्रोज्नी, मोजडोक र भ्लादिकाभकाजका क्षेत्रहरूमा युक्रेनी लडाकू मानव रहित यानद्वारा आक्रमण गरियो, र रूसी वायु रक्षा प्रणालीले यी आक्रमणहरूलाई रोक्ने प्रयास गर्यो।”
रुसको अनुसन्धान समितिले घटनाको सम्बन्धमा आपराधिक मुद्दा खोलेको विज्ञप्तिमा जनाईको छ। पुटिनले शनिबार कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभसँग दूरवार्तामा दुर्घटनामा शोक व्यक्त गरे ।
त्यस्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक संजाल एक्समा उनले शनिबार इल्हाम अलिएभसँग पनि कुरा गरे र “दुःखद दुर्घटना” को बारेमा शोक व्यक्त गरे।
“रूसले स्पष्ट स्पष्टीकरण दिनु पर्छ र गलत सूचना फैलाउन बन्द गर्नुपर्छ ,जेलेन्स्कीले भने।
अजरबैजान बिमानसेवा ए, तुर्कमेनिस्तान बिमानसेवा , एल अल इजरायल, फ्लाइदुबई र कजाक बिमानसेवा लगायतका कम्तीमा पाँच बिमानसेवाले रुसका क्षेत्रहरूमा अस्थायी रूपमा उडानहरू स्थगित गरेका छन्।
प्रतिक्रिया