नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्दै इतिहास रच्यो

इनेप्लिज २०८१ पुष १३ गते १७:२८ मा प्रकाशित

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्दै इतिहास रच्न सफल भएको छ । नासाको पार्कर सौर्य अन्वेषण अन्तरिक्ष यान ऐतिहासिक रुपमा सूर्यको सबैभन्दा नजिक पुगेको नासाले जनाएको छ ।

नासाले सूर्यको सबैभन्दा नजिक पुगेपछि सुरक्षित रहेको जनाएको छ । गत मंगलबार पार्कर सोलार प्रोब(सौर्य अन्वेषण अन्तरिक्ष यान )ले सूर्यको सतहको किर्तिमान तोड्दै ३.८ मिलियन माइल भित्र पार गर्यो।

बिहीबार मध्यरात भन्दा ठीक अघि नासाका वैज्ञानिकहरूले यसको अत्यन्तै सूर्यको तातोको कारण उड्ने क्रममा धेरै दिनसम्म सञ्चारबाट बाहिर रहेको अनुसन्धानबाट संकेत प्राप्त गरे।

नासाले क्रिसमसको पूर्वसन्ध्यामा ऐतिहासिक उडान पछि अन्तरिक्ष यान सुरक्षित र सञ्चालन भएको बताएको छ । पार्करले नयाँ वर्षको दिनमा यसको स्थिति बारे विस्तृत तथ्यांक फिर्ता पठाउने अपेक्षा गरिएको छ।

पार्कर अघिल्लो अन्तरिक्ष यान भन्दा ७ गुणा बढी सूर्यको नजिक पुग्यो। लगभग ४३०,००० माइल प्रति घण्टाको अधिकतम गतिमा यात्रा गरेको छ । यो अहिलेसम्म बनेको सबैभन्दा छिटो उड्ने अन्तरिक्ष यान हो ।

यसलाई २,५०० डिग्री फरेनहाइट (१,३७१ डिग्री सेल्सियस) सम्मको तापक्रम सहन सक्ने ताप ढालले लगाइएको छ।

यो कम्तिमा सेप्टेम्बर सम्म यो दूरीमा सूर्य परिक्रमा जारी रहनेछ।

पार्कर सोलार प्रोब सूर्यलाई नजिकबाट हेर्नको लागि २०१८ मा प्रक्षेपण गरिएको थियो।

प्रतिक्रिया