इटालीकी महिला पत्रकार सेसिलिया साला तेहरानमा पक्राउ

इनेप्लिज २०८१ पुष १३ गते १२:५२ मा प्रकाशित

इटालियन अर्थात् इटालेलीकी महिला पत्रकार सेसिलिया साला तेहरानमा पक्राउ परेको इटालीले जनाएको छ ।

इटालियन महिला पत्रकार सेसिलिया सालालाई तेहरानमा हिरासतमा लिइएको इटालीको विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमा जनाएको छ।

महिला पत्रकार साला इरानी राजधानीमा समाचार संकलन र सम्प्रेसन गरिरहेकी थिइन् तब उनलाई डिसेम्बर १९ मा “तेहरान प्रहरीलेर रोकेको थियो”, विज्ञप्तिमा भनिएको छ ।

विदेश मन्त्रालयले सेसिलिया सालाको कानुनी अवस्था स्पष्ट गर्न र सर्तहरू प्रमाणित गर्न इरानी अधिकारीहरूसँग काम गरेको सिएनएनले जनाएको छ ।

पत्रकारलाई शुक्रबार इटालीका राजदूत पाओला अमाडेईले कारागार मा “उनको नजरबन्दको अवस्था र अवस्था प्रमाणित गर्न” भेटेकी थिइन् ,विज्ञप्तिमा भनिएको छ। उनलाई पहिले आफ्ना आफन्तहरूलाई दुईवटा दूरवार्ता (फोन कल) गर्न अनुमति दिइएको थियो।

साला इटाली दैनिक इल फोग्लियोका सम्बाददाता हुन् । पत्रकारलाई तेहरानको इभिन कारागारमा राखिएको छ । इल फोग्लियोका अनुसार, सेसिलिया आफूले चिनेको र मनपर्ने देशको बारेमा समाचार संकलन गर्न नियमित प्रवेशाज्ञामा इरानमा थिइन्।

प्रकाशनका सम्पादक क्लाउडियो सेरासाले शुक्रबारको पत्रिकामा लेखे: “पत्रकारिता अपराध होइन। सेसिलिया सालालाई घर ल्याऔं।”

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले शुक्रबार एक्समा “सम्पूर्ण सरकार” सालालाई मुक्त गर्न काम गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया