हुथी बिद्रोहीले इजरायलमा क्षेप्यास्त्र प्रयोगको बदला यमनमा इजरायली आक्रमणमा ४ जनाको मृत्यु, १८ घाइते

इनेप्लिज २०८१ पुष १२ गते ११:४७ मा प्रकाशित

हुथी बिद्रोहीले इजरायलमा क्षेप्यास्त्र प्रयोगको बदला यमनमा इजरायली सेनाले गरेको आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको एबिसीन्यूजले जनाएको छ ।

यमनको स्वास्थ्य मन्त्रालयको प्रारम्भिक जानकारी अनुसार गत बिहीबार साना र होडेडामा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको छ भने कम्तिमा १८ जना घाइते भएका छन्।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस उनी र उनको टोली यमनको सानामा उडान गर्न लागेका थिए त्यसै बेला त्यहाँ बिमानस्थल “हवाई बमबारी” भएको बताए ।

आक्रमण पछि उनी र उनका डब्ल्यूएचओ र संयुक्त राष्ट्र संघका सहकर्मीहरू सुरक्षित रहेको उनले बताए । तर विमानस्थलमा कम्तिमा दुई जनाको मृत्यु भएको गेब्रेयससले सामाजिक संजाल एक्समा कडा जवाफ दिदै टिप्पणी गरेका छन् ।

विमानस्थलको हवाई नियन्त्रित भवन र धावन मार्गमा क्षति पुगेको उनले बताए । संयुक्त राष्ट्रका कर्मचारी बन्दीहरूलाई रिहा गर्न र यमनमा स्वास्थ्य र मानवीय अवस्थाको मूल्याङ्कन गर्न गेब्रेयसस र उनको टोली यमनमा बिशेष भ्रमणमा भएको उनले भने ।

यमनको साना अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नागरिक पूर्वाधारलाई लक्षित गर्नु “सबै यमनी जनता विरुद्धको अपराध हो,” हुथीका प्रवक्ता मोहम्मद अब्दुल सलामले इजरायलको आक्रमणपछि एक विज्ञप्तिमा भने।

अब्दुल सलामले भने, “यदि यहुदीवादी शत्रुले यमनलाई गाजालाई समर्थन गर्नबाट रोक्छ भन्ने सोच्दछ भने यो भ्रम हो,” अब्दुल सलामले भने।

इजरायल रक्षा बलहरूले बिहीबारको आक्रमण पछि “हुथी आतंककारी शासनले आफ्नो सैन्य गतिविधिका लागि प्रयोग गरेको सैन्य पूर्वाधार” लाई निशाना बनाएको जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार एक विज्ञप्तिमा चेतावनी दिएका छन् ।

प्रतिक्रिया