इजरायली आक्रमणमा गाजामा पाँच पत्रकारको मृत्यु भएको अस्पतालले जनाएको छ ।
गाजामा पत्रकारहरुको गाडीलाई इजरायली आक्रमणको कारण पाँचजना पत्रकार मारिएका छन् । अस्पताल र उनीहरूको स्थानीय समाचारले बिहीबार एक विज्ञप्तिमा जनाएको छ ।
अल-कुड्स टुडे टेलिभिजन(दूरदर्शन )को गाडी अल-अवदा अस्पताल बाहिर पार्क (अडान ) गरिएको थियो। अस्पतालले अनुसार उक्त गाडीमा इजरायली आक्रमण भएको बताएको छ । उक्त पत्रिका गाजामा आधारित प्यालेस्टाइन इस्लामिक जिहाद लडाकु समूहसँग आबद्ध रहेको सिएनएनले जनाएको छ ।
मारिने पत्रकारहरुमा क्रमस अयमान अल-जादी, फैसल अबु अल-कुमसान, मोहम्मद अल-लदा, इब्राहिम अल-शेख अली, र फादी हसौना हुन् ।
घटनास्थलमा रहेका अन्य पत्रकारहरूले उक्त जानकारी दिए अनुसार सबै जना गाडीमा सुतिरहेका थिए ।
अल-कुड्स टुडे टेलिभिजनले आक्रमणको निन्दा गर्दै पाँचजनालाई “आफ्नो पत्रकारिता र मानवीय कर्तव्य निभाउने क्रममा मारिएको” बताएको छ।
इजरायली सेनाले नुसेरातको क्षेत्र भित्रको इस्लामिक जिहाद आतंकवादी गुट निश्चित भएको भन्दै हमला गरेको थियो तर यसको आरोपको लागि कुनै प्रमाण प्रदान नगरेको सिएनएनले समाचारमा लेखेको छ ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे ) अमेरिकामा आधारित गैर नाफामूलक समूहले गत वर्ष अक्टोबर ७ देखि गाजा, पश्चिम किनार ,इजरायल र लेबनानमा कम्तीमा १४१ पत्रकार र सञ्चारकर्मी मारिएको बताएको छ।
सिपिजे ले सन् १९९२ मा तथ्याङ्क सङ्कलन गर्न थालेपछि पत्रकारहरूका लागि सबैभन्दा घातक अवधि हो। मारिएका मध्ये गाजामा १३३ जना प्यालेस्टाइनी पत्रकारहरू थिए। यस महिनाको सुरुमा गाजामा इजरायली हवाई हमलाले एक अल जजीराका छायाचित्र पत्रकारलाई आक्रमण गरेको थियो ।
प्रतिक्रिया