स्पेनमा ईसापूर्व ७ औं शताब्दीको जहाजको भग्नावशेषसमुन्द्रको पिधबाट सफलतापूर्वक हटाइएको छ । सिबिएसन्यूजका अनुसार कम्तिमा २,६०० वर्ष पुरानो भत्किएको जहाज स्पेनको पानीबाट उठाइएको हो ।
स्पेनी पुरातत्वविद्हरूले देशको दक्षिणपूर्वी तटमा पानीबाट २,६०० वर्ष पुरानो जहाजको भग्नावशेष सफलतापूर्वक हटाएका छन् । दुई दशक पछि अवशेष प्रारम्भिक रूपमा फेला परेको अधिकारीहरूले बताए ।
जहाज डुबान ईसापूर्व ७ औं शताब्दीमा भएको हो। स्पेनको संस्कृति मन्त्रालयका अनुसार यो सन् १९९४ मा दक्षिणपूर्वी स्पेनको मर्सियाको तटमा, मजारन शहर नजिकै फेला परेको थियो।
सेप्टेम्बर १३ मा परियोजना सुरु गरी नोभेम्बर ७ मा सम्पन्न गरी दुई महिनाभन्दा कम समयमा समुद्रबाट जहाजको भग्नावशेष उठाउन १४ विशेषज्ञहरूको टोलीले डे जुआनसँग काम गएको थियो ।
फेनिसिया पूर्वी भूमध्यसागरीय तटमा रहेको आधुनिक समयको लेबनान, सिरिया र इजरायलको क्षेत्रमा रहेको एक प्राचीन सभ्यता थियो, जुन लगभग १५०० देखि ३०० ईसापूर्वसम्म रहेको थियो।
जहाजको प्रत्येक टुक्रालाई दक्षिणी स्पेनको अन्तर्जलीय पुरातत्व संग्रहालयको प्रयोगशालामा सारिएको छ। प्रयोगशालाले यसको अवशेषहरू संरक्षण गर्न सावधानीपूर्वक काम गर्ने र यो प्रक्रियामा धेरै वर्ष लाग्न सक्ने जनाएको छ ।
प्रतिक्रिया