कजाकिस्तानमा दर्जनौं यात्रु बोकेको विमान दुर्घटना ,यात्रु र पाँच चालक दलका सदस्यसहित ६९ जना सवार

इनेप्लिज २०८१ पुष १० गते १२:५४ मा प्रकाशित

कजाकिस्तानमा दर्जनौं यात्रु बोकेको विमान दुर्घटना भएको छ । अजरबैजान विमानसेवा (एयरलाइन्स)को यात्रुवाहक विमान बुधबार बिहान क्यास्पियन सागर नजिक कजाकिस्तानको अकताउ विमानस्थल नजिक दुर्घटनाग्रस्त भएको कजाक अधिकारीहरूले बताएका छन् ।

एबिसीन्यूजका अनुसार दर्जनौं व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ। उक्त विमान अजरबैजानको बाकुबाट रुसको ग्रोज्नीका लागि उडिरहेको थियो।

ग्रोज्नीमा कुहिरोका कारण यसलाई कजाकिस्तानको अक्टाउमा पुर्‍याइएको थियो। कजाकस्तानको आपतकालीन अवस्था मन्त्रालयले एबीसी न्यूजलाई विमानमा ६४ यात्रु र पाँच चालक दलका सदस्यसहित ६९ जना सवार रहेको बताएको छ । मन्त्रालयले दुर्घटनामा २९ जना बाँच्न सफल भएको र धेरैलाई अस्पताल भर्ना गरेको बताएको छ ।

अस्पतालमा भर्ना भएका मध्ये दुई बालबालिका पनि थिए। काजाकिस्तानका उपस्वास्थ्य मन्त्रीले एबीसी न्यूजलाई अस्पताल लगिएका मध्ये केहीको अवस्था गम्भीर रहेको बताए । अधिकारीहरूले अहिलेसम्म मारिनेहरूको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। “मृतक र घाइतेहरूको सूची अन्तिम चरणमा रहेको आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममा लेखेको छ ।

कजाक अधिकारीहरूले दुर्घटनाको अनुसन्धान सुरु गरेका छन्। , यातायात मन्त्रालयले “प्रारम्भिक तथ्यांक” उद्धृत गर्दै एक विज्ञप्तिमा जनाए अनुसार यात्रुहरु मध्ये ३७ अजरबैजानी नागरिक, ६ काजाकिस्तानका, तीन किर्गिजस्तान र १६ जना रुसका नागरिक थिए । विमानले अक्टाउबाट करिब २ माईल टाढा “आपतकालीन अवतरण” गर्‍यो। विमान एम्ब्रेयर १९० को उडान सङ्ख्य जे२ -८२४३ भएको बताइएको छ ।

अजरबैजानी राष्ट्रपति इल्हाम अलीयेभले रूसमा बुधबारको राष्ट्रमंडल स्वतन्त्र राज्यहरूको बैठकमा आफ्नो नियोजित उपस्थिति रद्द गरेका छन् ।

प्रतिक्रिया