हेटीको एउटा अस्पताल पुनः खोल्ने क्रममा पत्रकारमाथि आक्रमण ,२ जनाको मृत्यु ,धेरै घाइते

इनेप्लिज २०८१ पुष १० गते २:१८ मा प्रकाशित

हेटीको एउटा अस्पताल पुनः खोल्ने क्रममा पत्रकारमाथि भएको आक्रमणमा २ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

हेटीको बिधुतिय पत्रिका संघ (अनलाइन मिडिया एसोसिएसन)ले पोर्ट-ओ-प्रिन्सको सबैभन्दा ठूलो सार्वजनिक अस्पतालको पुन: खोल्ने क्रममा मंगलबार भएको समूहको आक्रमणमा दुई पत्रकारको मृत्यु भएको र अन्य धेरै घाइते भएको बताएको छ।

सडक गिरोहहरूले हेटीको राजधानी, पोर्ट-ओ-प्रिन्सको अनुमानित ८५ ओगटेका छन् । उनीहरूले यस वर्षको सुरुमा सामान्य अस्पताल बन्द गर्न बाध्य पारे। अधिकारीहरूले मंगलबार सुविधा पुन: खोल्ने वाचा गरेका थिए तर पत्रकारहरू त्यहाँ समाचार सङ्कलन गर्न भेला हुँदा संदिग्ध गिरोह सदस्यहरूले क्रिसमसको संघारमा हमलामा गोली चलाएको संघले जनाएको छ ।

अनलाइन मिडिया कलेक्टिभ(बिधुतिय संचार माध्यम )का प्रवक्ता रोबेस्ट डिमान्चेले मारिएका पत्रकारहरू मार्केन्जी नाथौक्स र जिमी जीन भएको बताए । आक्रमणमा केही संख्यामा पत्रकारहरू घाइते भएको जनाए ।

उनले आक्रमणमा भिभ अन्सानम गठबन्धन गिरोह गरेको बताए । हेटीका अन्तरिम राष्ट्रपति लेस्ली भोल्टेयरले राष्ट्रका नाममा सम्बोधन गर्दै आक्रमणको मारमा पत्रकार र प्रहरी रहेको बताए । यो अपराधलाई दण्डित हुन् बाट नछोडिने ,उनले भने

रेडियो टेले मेट्रोनोमले सुरुमा सात पत्रकार र दुई प्रहरी अधिकारी घाइते भएको विवरण दिएको थियो।

जोनसन “इजो” आन्द्रे, हेटीको सबैभन्दा शक्तिशाली गिरोह नेता मानिन्छ । भिभ अन्सानम उक्त गिरोहको हिस्सा हो, जसले पोर्ट-ओ-प्रिन्सको धेरैजसो भागलाई नियन्त्रणमा लिएको छ। उनीहरुले आक्रमणको जिम्मेवारी दाबी गरेका छन् ।

आक्रमण पछि उनीहरुले सार्वजनिक गरिएको श्रब्यदृश्य (भिडियो )का अनुसार गिरोह गठबन्धनले अस्पतालको पुन: खोल्ने अधिकार नदिएको भनिएको छ ।

सिएनएनका अनुसार हेटीमा यसअघि पनि पत्रकारलाई निशाना बनाएको थियो । गिरोह आक्रमणले हेटीको स्वास्थ्य प्रणालीलाई राजधानीमा लुटपाट, आगो लगाउने, र चिकित्सा संस्थानहरू र औषधालयहरू ध्वस्त पारेको छ। हिंसाले बिरामीहरूमा बृद्धि भएको छ र उनीहरूको उपचारको लागि स्रोतको अभाव भएको छ।

प्रतिक्रिया