ट्रम्पद्वारा पोर्चुगल, माल्टा,ल्याटिन अमेरिका तथा डेनमार्कका राजदुतहरु नियुक्त

इनेप्लिज २०८१ पुष ९ गते २३:०९ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्चुगल, माल्टा,ल्याटिन अमेरिका तथा डेनमार्कका लागि राजदुतहरु नियुक्त गरेका छन् । उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा सबैको छोटो परिचय दिदै नियुक्त गर्न पाउँदा आफू हर्षित भएको बताएका छन् ।

सबै राजदुतहरु नियुक्त गर्दै घोषणा गर्दै राजदूतको रूपमा काम गर्ने घोषणा गर्न पाउनु आफ्नो लागि ठूलो सम्मान हो भनेका छन् । राजदुतहरुमा क्रमस पोर्चुगलका लागि जोन एरिगो,माल्टाको लागि सोमर्स फारकस ,ल्याटिन अमेरिकाका लागि विदेश विभागको विशेष दूतको रूपमा मरिसियो क्लाभर केरोन तथा
डेनमार्क केन हवेरीलाई नियुक्त गरेको घोषणा गरेका छन् ।

जोन एरिगो पोर्चुगलका लागि संयुक्त राज्य अमेरिकाको अर्को राजदूतको रूपमा काम गर्ने घोषणा गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो। जोन सवारी साधन उद्योगका एक अत्यधिक सफल उद्यमीर एक उत्कृष्ट गल्फ खेलाडी हुन् ।

सोमर्स फारकसलाई माल्टा गणतन्त्रका लागि संयुक्त राज्य अमेरिकाको अर्को राजदूतको रूपमा काम गर्ने घोषणा गर्न पाउँदा मलाई खुशी लागेको सामाजिक संजालमा ट्रम्पले लेखेका छन् ।

सोमर्स एक नमुना (मोडल), परोपकारी, वृत्तचित्र निर्माता, र धेरै सफल व्यवसायी महिला हुन्। उनले यसअघि ह्वाइट हाउस छात्रवृतिमा मेरो राष्ट्रपतिको आयोगमा सेवा गरिन् । उनले परोपकारका लागि लाखौं डलर उठाएकी भन्दै ट्रम्पले उनको प्रशंसा गरेका छन् ।

त्यस्तै ल्याटिन अमेरिकाका लागि विदेश विभागको विशेष दूतको रूपमा मरिसियो क्लाभर केरोनलाई घोषणा गर्न पाउँदा म खुसी छु,ट्रम्पले भने । मरिसियोले व्हाइट हाउस लगायत धेरै महत्त्वपूर्ण भूमिकाहरूमा काम गरेकोमा प्रशंसा गरेका छन् ।

यसै गरि केन हवेरीलाई डेनमार्कको राजदुतमा नियुक्त गर्न पाउँदा हर्ष लागेको बताएका छन् । केन एक विश्व प्रसिद्ध उद्यमी, लगानीकर्ता, र सार्वजनिक सेवक हुन् जसले स्वीडेनमा अमेरिकी राजदूतको रूपमा मेरो पहिलो कार्यकालमा हाम्रो राष्ट्रको उत्कृष्ट सेवा गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया