टर्कीमा विस्फोटक पदार्थ कारखानामा विष्फोट हुँदा १२ जनाको मृत्यु ,४ जना घाइते

इनेप्लिज २०८१ पुष ९ गते १२:११ मा प्रकाशित

टर्कीमा विस्फोटक पदार्थ कारखानामा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।

बालिकेसिर प्रान्तको एक हतियार कारखानामा विस्फोट हुँदा चार जना घाइते भएका छन्।

उत्तरपश्चिम टर्किमा रहेको एउटा विस्फोटक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका अधिकारीहरूले बताएका छन्।

बालिकेसिर प्रान्तको काभाक्ली गाउँमा रहेको कारखानामा विष्फोट भएको हो ।

“प्रारम्भिक विवरणहरु अनुसार, विस्फोटका कारण १२ कर्मचारीको मृत्यु भएको र चारजना घाइतेहरूलाई अस्पताल लगिएको थियो,” बालिकेसिरका गभर्नर इस्माइल उस्ताओग्लुले बताए ।

मङ्गलबार भएको शक्तिशाली विष्फोटपछि अनुसन्धान सुरु गरिएको आन्तरिक मन्त्री अली येर्लिकायाले बताए । घाइतेहरुको अवस्था गम्भीर नभएको अधिकारीहरुले बताएका छन् ।

येर्लिकायाले कारण तुरुन्तै थाहा नभएको र अधिकारीहरूले तोडफोडलाई अस्वीकार गरे। उनले भने, ‘के कारणले यस्तो भएको हो पत्ता लगाउने प्रयास गरिरहेका छौँ ।

विष्फोट बिहान ८:२५ बजे शिफ्ट (पालो) परिवर्तनको क्रममा भएको थियो ।

आगो नियन्त्रणका लागि दमकल र स्वास्थ्य तथा सुरक्षा इकाइहरु पठाइएको सरकारी सञ्चार निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया