फ्लोरिडामा डुङ्गा विस्फोट तथा नौकागार (डक)मा आगलागी हुँदा १ जनाको मृत्यु, ५ जना अस्पताल भर्ना

इनेप्लिज २०८१ पुष ९ गते ११:३६ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको एक समुन्द्रतटमा डुङ्गा विस्फोट तथा नौकागार (डक)मा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना अस्पताल भर्ना भएका छन् ।

फ्लोरिडाको फोर्ट लडरडेलको सानो जहाज राख्ने स्थानमा डुङ्गा विस्फोट तथा डक(नौकागार )मा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कम्तीमा पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ।

गत सोमबार राती ६ बजे फोर्ट लडरडेल अग्नि नियन्त्रणलाई बोलाईएको थियो। उनीहरु त्यहाँ आइपुगेपछि उनीहरूले एउटा प्राथमिक डुङ्गाको आगो पत्ता लगाए र नजिकैको दोस्रो डुङ्गामा आगो फैलिएको थियो।

विष्फोट र आगो दुबैबाट धेरै व्यक्ति घाइते भएको अधिकारीहरूले बताए भने पाँच जनालाई अस्पताल पठाइएको छ । ती मध्ये तीन जनालाई फोर्ट लडरडेल अग्नि नियन्त्रण अनुसार “आघातजनक” चोट लागेकोले अस्पतालमा भर्ना गरिएको थियो ।

गोताखोरले विस्फोट पछि बेपत्ता भएका एक व्यक्तिको खोजी सुरु गरेको विज्ञप्तिमा भनिएको छ। विष्फोटमा घाइते भएका ६ जनाको परिचय भने खुल्न सकेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया