अमेरिकाबाट इटाली जाँदै गरेका अमेरिकी एयरलाइन्स(बिमान)का यात्रुहरूलाई विमान धेरै ठूलो भएको कारण निर्धारित विमानस्थलमा अवतरण गर्न नपाउँदा अन्ततः १४० माइल टाढा विमान ओरालेर बस(गाडी) मार्फत गन्तव्य पुर्याइएको छ।
अमेरिकन एयरलाइन्सको उडान ७८० गत सोमबार साँझ ७:४२ बजे फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र स्थानीय समय अनुसार बिहान १० बजे इटालीको नेपल्समा अवतरण गर्ने तालिका थियो। तर नेपल्स पुग्नुअघि नै विमान इटालीको तटीय भाग टाइरेनियन समुद्रमाथि पुगेपछि अचानक मोडिएर रोम फर्किएको हो।
बोइङ ७८७–९ ड्रीमलाइनर विमानले ‘अपरेशनल लिमिटेशन’ अर्थात् प्राविधिक कारणले नेपल्समा अवतरण गर्न नसकी रोम फ्युमिसिनो विमानस्थलतर्फ मोडिनु परेको अमेरिकी बिमानसेवा (एयरलाइन्स)ले सीबीएस न्यूजलाई जनाएको छ।
इतिहासमा अमेरिकन एयरलाइन्सले नेपल्सको आकाशे मार्गमा बोइङ ७८७–८ विमान उडाउने गरेको पाइन्छ, जुन यो उडानमा प्रयोग गरिएको ७८७–९ भन्दा करिब २० फिट छोटो हुन्छ। रोममा अवतरण गरेपछि यात्रुहरूलाई यात्रीयान (बस)मार्फत नेपल्स पठाइएको थियो भने त्यहा पुग्न करिव ३ घण्टा लागेको थियो ।
“यात्राको असुविधाका लागि हामी माफ माग्छौं,” अमेरिकी बिमानसेवा (अमेरिकन एयरलाइन्स)को विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया