अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका राजीव श्रेष्ठले क्रिसमसको उपलक्ष्य तस्बिरहरु कैद गरेका छन् । बिश्व भरि मनाइने क्रिसमस चाडको उपलक्ष्यमा २०२४ लाई बिदाई गर्ने संघारमा उनले सुन्दर तस्बिरहरु खिचेका छन् ।
श्रेष्ठले मेरिल्याण्ड आफ्नै फोटो बैंक स्टुडियोमा तस्बिरहरु कैद गरेका हुन् । उनले कैद गरेका तस्बिरहरुमा मोडल (नमुना)हरुमा क्रमस समिधा श्रेष्ठ ,आईसा आचार्य तथा मायाश्री पोख्रेल रहेका छन् ।
प्रसिद्ध छायाचित्रकार (फोटोग्राफर)श्रेष्ठको नेपालको ललितपुरको कुपण्डोल तथा काठमाडौंको बागबजारमा कुनै बेला ‘फोटो बैंक’ स्टुडियो रहेको थियो भने तर हाल अमेरिकाको मेरिल्याण्डमा उनले त्यही नाममा खोलेका छन् ।
अहिले राजीव श्रेष्ठ अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्छन् । उनी अमेरिकामै रहेर पनि आफ्नो पेशामा आवद्ध छन् । ३५ वर्षभन्दा लामो समयदेखि श्रेष्ठ आफ्नो कामप्रतिको ईमान्दारिता तथा लगनाशिलताका कारण पनि अमेरिकामा समेत सफल छायाचित्रकारको रुपमा स्थापित भएका छन् ।
नेपाली समुदायमा आयोजना हुने विवाह, ब्रतवन्ध, जन्मदिन, वैवाहिक उत्सव आदि कार्यक्रमहरुमा समेत राजीव श्रेष्ठको माग रहेको छ ।
नेपालमै छँदा विभिन्न कलाकारहरुलाई लिएर दशैँ, तिहार, शिवरात्रि, फागू पूर्णिमा, नयाँ वर्ष, तीज आदि विशेष अवसरहरुमा तस्बिर खिच्ने (फोटो सेसन )काम गर्ने श्रेष्ठले अमेरिकामा समेत यो कार्यलाई निरन्तरता दिइरहेका छन् ।
प्रतिक्रिया