राष्ट्रपति जो बाइडेनलेआफ्नो कार्यकालको अन्त्यमा लगभग सबै संघीय मृत्युदण्ड सजाय पाएका कैदीहरूको सजाय घटाएक छन् ।
यस कदमले संघीय मृत्यु दण्ड पंक्तिमा ४० कैदीहरू मध्ये तीन बाहेक सबैको सजाय घटाउने छ । बाइडेनले संघीय मृत्युदण्डमा रहेका ३७ कैदीहरूको सजाय घटाउने ह्वाइट हाउसले सोमबार बताएको छ ।
आतंकवाद र घृणाले प्रेरित सामूहिक हत्याहरू बाहेक सबैको कैद सजायलाई घटाईएको एबिसीन्यूजले जनाएको छ ।
बाइडेनको सजाय कम सूचीमा ३ जना परेका छैनन् । जसमा संघीय कार्यान्वयन सूचीमा रहेका तीन व्यक्तिहरू बोस्टन म्याराथन बम विष्फोटका एक अपराधी जोखार सार्नाइभ हुन्; दोश्रो रोबर्ट बोवर्स, जो ट्री अफ लाइफ सिनागोग एन्टिसेमिटिक(यहुदी) आक्रमणमा सामूहिक गोलीबारीमा दोषी ठहरिएका थिए; र तेश्रो डिलन रुफ, जसले साउथ क्यारोलाइमा जातीय उत्प्रेरित गोलाबारीमा नौ अस्वेत गिर्जाघर (चर्च )जानेहरूलाई हत्या थिए।
यो कदमबाट अब ती मृत्युदण्डको सूचिमा रहरका कैदीहरु आजीवन कारावासमा परिणत हुनेछ ।
मेक नोई मिस्टेक अर्थात् “कुनै गल्ती नगर्नुहोस्: म यी हत्याराहरूको निन्दा गर्दछु, तिनीहरूको घृणित कार्यका पीडितहरूका लागि शोक गर्दछु, र अकल्पनीय र अपूरणीय क्षति भोगेका सबै परिवारहरूका लागि दुख व्यक्त गर्दछु,” बाइडेनले परिवर्तनहरूको बारेमा एक विज्ञप्तिमा लेखे।
ह्वाइट हाउसको तथ्यपत्रमा भनिएको छ कि यो कदम राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई “वर्तमान नीति र अभ्यास अन्तर्गत दिइने मृत्युदण्डको सजाय कार्यान्वयन गर्नबाट रोक्नको लागि गरिएको प्रयास हो।”
प्रतिक्रिया