न्यूयोर्कको भूमिगत रेलगाडीमा आगो लगाई महिलाको हत्या गर्ने संदिग्ध पक्राउ

इनेप्लिज २०८१ पुष ८ गते २:१२ मा प्रकाशित

न्यूयोर्कको भूमिगत एफ रेलगाडीमा आगो लगाई महिलाको हत्या गर्ने संदिग्धलाई पक्राउ गरिएको छ ।

न्युयोर्क प्रहरीले आइतबार बिहान भूमिगत रेलगाडीका महिला यात्रुलाई आगो लगाएर हत्या गरेको आरोपमा एकजना संदिग्धलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

न्यूयोर्क प्रहरी बिभागका अनुसार उक्त संदिग्ध ७:३० बजे करिब एफ रेलमा पीडितको नजिक पुग्यो र घटनास्थलबाट भाग्नु अघि जानीजानी उनलाई आगो लगाएर फरार रहेका संदिग्ध पक्राउ परेका छन् ।

न्यूयोर्क प्रहरी बिभागकी आयुक्त जेसिका टिशका अनुसार संदिग्ध र पीडित दुबै ब्रुकलिनको स्टिलवेल एभिन्यूमा लाइनको अन्त्यमा एफ रेलमा सवार थिए।

प्रहरीका अनुसार संदिग्धले पीडितको लुगा जलाउन लाइटर(दिपीका) प्रयोग गरेका थिए । नियमित गस्ती गरिरहेका प्रहरी अधिकारीहरूले महिलालाई आगो लागेको अवस्थामा फेला पारेका थिए ।

अधिकारीहरूले आगो निभाए । तर आकस्मिक चिकित्सा सेवाहरु घटनास्थलमा आए । तर बचाउन सकेनन महिलालाई मृत घोषित गरे।

प्रहरीका अनुसार पीडितलाई आगो लगाउने व्यक्ति रेलबाट गए पछि रेल चौकी (स्टेशन)को बेन्चमा बसेको देखियो ।

संदिग्धलाई पक्राउ गर्न चित्रग्राहिनी (क्यामेरा) र निगरानी तस्बिरहरु महत्वपूर्ण भएको अधिकारीहरूले आइतबार दिउँसो एक पत्रकार सम्मेलनमा भने। उनीहरुले संदिग्धको तस्बिर सार्वजनिक गरे ।

अधिकारीहरुले घटना बिना नै मध्य शहर म्यानह्याटनमा अर्को रेलगाडी संदिग्धलाई पत्ता लगाए र पक्राउ गरे।

प्रतिक्रिया