अमेरिकाको कोलोराडोमा घिर्लिंग खराव हुँदा १७० जना माथी फसेकाको सकुसल उद्धार

इनेप्लिज २०८१ पुष ८ गते १:४२ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यमा घिर्लिंग खराव हुँदा १७० जना माथी फसेकाको सकुसल उद्धार गरिएको छ । कोलोराडोको विन्टर पार्क रिसोर्ट(आश्रयस्थल)मा शनिबार यो घटना भएको हो ।

घटना विन्टर पार्क रिसोर्टमा शनिबार दिउँसो १२:१५ बजे भएको प्रवक्ता जेन मिलरले बताइन । दिउँसो १ बजेबाट निकासी सुरु भएको थियो । प्रभावित पार्क जाने अधिकांशलाई साँझ ५ बजेसम्म सुरक्षित रूपमा बाहिर निकालिएको थियो। त्यहा यान्त्रिक समस्या भएको थियो । गोन्डोला तुरुन्तै बन्द भयो, जुन प्रणाली यसरी परिकल्पना गरि संरचना गरिएको थियो । सुरक्षा कारणहरूको लागि यसरी बनाईएको हो ।

बाँकी “१०% वा सो” लाई अन्धकारको कारणले अलि बढी समय लागेको उनले भनिन् । अन्तत्वगत्वा सबैलाई बेलुका ६ बजेसम्म सुरक्षित रूपमा बाहिर निकालेको बताइन ।

घिर्लिंग (गोन्डोला)मा फसेका सबै पाहुनाहरूलाई यस वर्ष वा अर्को वर्षको लागि १० डलरको भौचर (पुष्टीपत्र) र दुई वटा प्रवेश पत्र (पास)हरू दिइएको मिलरले भनिन् । मिलरका अनुसार घिर्लिङ्गको खराब भाग हटाइएको र्ट नयाँ भाग आइतबार दिउँसो स्थापना गरिएको छ ।

प्रतिक्रिया