डिसीको एक चमेनागृहका मालिकले ढुवानी गर्ने चालकलाई स्पानिश बोलेको भन्दै कुटपिट गर्दा पक्राउ परेका छन् ।
उक्त चमेनागृहका मालिक ग्रेग ह्यारिसलाई सोमबार चक्कु समातेर एडम्स मोर्गनमा दुई पुरुषहरू विरुद्ध धम्की दिएपछि पक्राउ गरिएको हो ।
वासिङ्टन, डिसीका एक क्याफे(कफी पसल समेत भएको चमेनागृह)का मालिकलाई स्पानिश बोलेकोमा ढुवानी गर्न चालकलाई कुटपिट गरेको चित्रग्राहिणी (क्यामेरामा )कैद भएको महिनौंपछि पक्राउ गरिएको छ।
डिसी स्थित फ्लोरिडा एभिन्यूमा अहिले बन्द गरिएको क्याना कफी आइसक्रिम मोकटेल बार लाउन्जका मालिक ग्रेग ह्यारिसले सोमबार चक्कु लिएर एडम्स मोर्गनमा दुई जना पुरुषहरू विरुद्ध धम्की दिइरहेका थिए। सबैभन्दा पछिल्लो घटना गत डिसेम्बर १६ मा दिउँसो भएको थियो ।
दुई व्यक्तिले महानगर प्रहरी विभागलाई दूरवार्ता (फोन) गरेपछि, एक अधिकारीले ह्यारिसलाई पहिचान गरे। उनलाई साधारण आक्रमण र घृणा अपराधको अनुसन्धानबाट अक्टोबरदेखि डिसी उच्च अदालतबाट समेत पक्राउको लागि खुला पक्राउ पूर्जी रहेको डब्लुयुएस९ डटकमले जनाएको छ ।
गत सेप्टेम्बरमा, ह्यारिस एडम्स मोर्गन रेस्टुरेन्ट(चमेनागृह )मा स्पानिश बोलेकोमा ढुवानी चालकलाई कुट्दै चित्रग्राहिणी (क्यामेरा)मा कैद भएको थियो ।
चालक ग्रेगारियो अमुन्डराइनले गत सेप्टेम्बरमा आफ्नो टिकटक गाली गरेको प्रकाशन गरेका थिए ।
“अङ्ग्रेजी सिक्नुहोस् ! यो सिक्नुहोस् !” श्रब्यदृश्य (भिडियो)मा ह्यारिस अमुन्डराइन माथि चिच्याएका थिए । “… यदि तपाई अमेरिकामा पैसा कमाउनु छ भने , अंग्रेजी सिक्नुहोस्!”,मालिकले यस्तो भन्दै चिच्याएका थिए ।
श्रब्यदृश्य (भिडियो) पछि, ह्यारिसको चमेनागृह (रेस्टुरेन्ट) क्याना कफी आइसक्रीम क्याफे मोकटेल बार लाउन्ज स्वास्थ्य संहिता उल्लङ्घनको लागि बन्द गरियो। यद्यपि, ह्यारिसले नोभेम्बरमा गाडी मै बेच्ने खानाका परिकार (खाना ट्रक)को रूपमा अर्को सेवा सुरु गरे ।
पीडितलाई उनले हेपेको देखे पछि भेनेजुएलाका ग्रेगारियो अमुन्डराइनले सेप्टेम्बरमा डब्लुयुएसए९ लाई “म दुखी छु,” भने। “मेरी आमाले श्रब्यदृश्य (भिडियो )हेर्नुभयो। मेरी आमा रुनुभयो र मलाई भन्नुभयो, ‘छोरा, भेनेजुएला फर्केर आऊ, किनकि तिमीलाई अपमानित भइरहेको छ।”
डब्लुयुएसए९ ले सेप्टेम्बर घटना पछि ह्यारिससँग कुरा गर्ने प्रयास गरेको थियो । ह्यारिसले सेप्टेम्बरमा डब्लुयुएसए९ संग बोल्न अस्वीकार गरेका थिए।
साधारण आक्रमण र घृणित अपराधको लागि डिसी उच्च अदालतले ह्यारिसलाई गत सोमबार कथित आक्रमणको लागि शारीरिक हानी गर्न धम्कीको दुराचार गणनाको मुद्दा लगाएको छ।
प्रतिक्रिया