अमेरिकाको विस्कनसिन राज्यको म्याडिसनको एक बिद्यालयमा आक्रमण गर्ने १५ बर्षिय किशोरीसँग आक्रमण योजना बनाउने आरोपीलाई न्यायाधिशले सुरक्षा आदेश जारी गरेका छन् ।
अलेक्जेन्डर चार्ल्स प्याफेन्डोर्फले कथित रूपमा १५ बर्षिय किशोरी संदिग्धसँग कुराकानी गरेका थिए । एफबीआईका अनुसार उक्त व्यक्तिले म्याडिसन बिद्यालयमा गोली हान्ने संदिग्धसँग आक्रमण गर्ने योजना बनाएका थिए । कार्ल्सबाड प्रहरीलर मंगलबार सान डिएगो काउन्टी उच्च अदालतमा अलेक्ज्याण्डर चार्ल्स प्याफेन्डोर्फ विरुद्ध बन्दुक हिंसा आपतकालीन सुरक्षा आदेशको लागि आवेदन दायर गरेको थियो।
एक न्यायाधीशले कार्ल्सबाड क्यालिफोर्नियाका उक्त व्यक्ति विरुद्ध बन्दुक हिंसाको सुरक्षात्मक आदेश दिएका छन् । प्रहरी अधिकारीहरूले एबन्डेन्ट लाइफ क्रिश्चियन बिद्यालयको गोलीबारी संदिग्धसँग कुराकानी गरिरहेको आरोप लगाएका छन् ।
पाफेन्डोर्फले अधिकारीहरूलाई योजना बनाएको स्वीकार गरे । उनले नताली रुपनोलाई विस्फोटक पदार्थ , हतियार दिने र सरकारी भवनलाई निशाना बनाउने बताएका थिए ।
एबन्डेन्ट लाइफ क्रिस्चियन बिद्यालयमा गत सोमबार बिहान १५ वर्षीय रुपनोले गोली चलाउँदा एकजना विद्यार्थी र शिक्षकको मृत्यु भएको थियो । अन्य छ जना घाइते भएका छन् । उनी आफैंले चलाएको गोली लागेर मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया