अमेरिकी आन्तरिक राजस्व सेवाआईआरएस) ले १० लाख मानिसलाई १४०० डलर पठाउने भएको छ । के तपाई योग्य हुनु हुन्छ ? त्यसको लागि अन्त्य सम्म समाचार पढ्नु होस् ।
आईआरएसले गत शुक्रबार १० लाख मानिसहरुलाई कुल २. ४ बिलियन डलर “विशेष भुक्तानी” पठाउने घोषणा गरेको छ । कोभिडको महामारीको समयमा मानिसहरुले सबै संघीय धनादेश (चेक) प्राप्त नगरेका अमेरिकीहरूले बैंक खाताहरूमा पैसा पाउने भएका छन् ।
भुक्तानीहरू व्यक्ति अनुसार भिन्न हुनेछ । हरेकले १,४०० डलर अधिकतम प्राप्त गर्ने आइआरएसले एक विज्ञप्तिमा जनाएको छ ।
कसले आइअरए बाट भुक्तानी प्राप्त गर्नेछ?
आन्तरिक तथ्यांकको समीक्षा गरेपछि कोषहरू वितरण गर्ने जनाएको छ । धेरै व्यक्तिहरूले कर दाखिला गरे तर अझै २०२१ मा “रिकभरी रिबेट क्रेडिट” भनेर दाबी नगरेको बिज्ञप्तिमा जनाईएको छ ।
त्यो ऋण (क्रेडिट )महामारीको समयमा जारी गर्दा सबै वा केही प्रोत्साहन चेकहरु (धनादेश )प्राप्त नगर्ने मानिसहरूका लागि खाका गरिएको थियो। अमेरिकी सांसदहरूले तीन प्रोत्साहन भुक्तानीहरू स्वीकृत गरेका थिए । जसमा दुई वटा धनादेश (चेक )२०२० मा र तेस्रो धनादेश २०२१ मा पठाईएको थियो ।
धेरै करदाताहरू उक्त प्रोत्साहन भुक्तानका लागि योग्य थिए र उनीहरूले पहिले नै सीधै वा पछि प्राप्त गरिसकेका छन्।
के तपाईले आइआरएस भुक्तानीको लागि आवेदन दिन आवश्यक छ?
पर्दैन । आईआरएसमा कर दाखिला गर्ने र रिकभरी रिबेट क्रेडिट( पुन प्राप्ति छुट ऋण )प्राप्त को लागि योग्य भए तापनि दाबी नगर्ने करिब १० लाख व्यक्तिहरूलाई स्वचालित रूपमा भुक्तानीहरू पठाउने भएको छ ।
संस्था (एजेन्सी)ले प्राप्तकर्ताहरूलाई उनीहरूले भुक्तानी प्राप्त गर्नेछन् भनी जानकारी गराउन पत्र पठाउनेछ।
आईआरएस ले भुक्तानी कहिले पठाउने छ?
धनादेश (चेक) डिसेम्बरमा पठाइनेछ, धेरै जसो भुक्तानीहरू जनवरी २०२५ सम्म आइपुग्नेछ। पैसा या त प्राप्तकर्ताको बैंक खातामा स्वतः सिधै जम्मा हुनेछ वा हुलाक मार्फत आइपुग्नेछ।
प्रतिक्रिया