निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क बर्नेटलाई बेलायतको विशेष दूतमा नियुक्त गरेका छन् ।
मार्क बर्नेटलाई युनाइटेड किंगडम(बेलायत)का लागि विशेष दूत नियुक्त गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो,ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथसोसलमा भने । उनि बेलायतमै बसोबास गर्छन ।
संचार जगत अर्थात् टेलिभिजन निर्माता र व्यवसायमा एक विशिष्ट जीवनयात्रा (क्यारियर)बोकेका मार्कले यो महत्त्वपूर्ण भूमिकाको लागि कूटनीतिक कौशल र अन्तर्राष्ट्रिय मान्यताको एक अद्वितीय मिश्रण ल्याउने छन् ,ट्रम्पले सामाजिक संजालमा उनको चर्चा गरे ।
दूरदर्शन इतिहासमा मार्कका केही ठूला बिश्व विख्यात कार्यक्रम प्रस्तुतीहरुमा “सर्भाइभर,” “शार्क ट्याङ्क,” “द भ्वाइस” र विशेष गरी, “द अपरेन्टिस ” रहेका छन् ।
उनि एमजिएमका पूर्व अध्यक्ष हुन् । उनले १३ वटा एमी पुरस्कार जितेका छन् । मार्कले व्यापार, लगानीका अवसरहरू र सांस्कृतिक आदानप्रदानलगायत आपसी हितका क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दै कूटनीतिक सम्बन्ध बढाउन काम गर्नेछन्।
ट्रम्पले उनलाई बधाई समेत दिएका छन् ।
प्रतिक्रिया