अमेरिकाको इन्डियाना राज्यमा दुई किशोरीहरुको हत्या गरेको अभियोगमा रिचर्ड एलेनलाई १३० बर्षको कारागार सजाय सुनाईएको छ ।
एलेनलाई गत महिना डेल्फीको सानो शहरमा मिल्ने साथी अबिगेल विलियम्स र लिबर्टी जर्मनको सन् २०१७ मा भएको हत्यामा दोषी ठहर गरिएको थियो।
सन् २०१७ मा दुई माध्यमिक विद्यालयका छात्राहरूको हत्या गरेको अभियोगमा दोषी ठहरिएका इन्डियाना व्यक्ति रिचर्ड एलेनलाई गत शुक्रबार १३० वर्षको कारागार सजाय सुनाइएको छ ।
लगभग आठ वर्षपछि पैदल यात्राको बाटो नजिकै युवतीहरुको शव फेला परेको थियो।
अमेरिकाको इन्डियाना राज्यको सानो शहर डेल्फीमा १३ वर्षीय अबिगेल विलियम्स र १४ वर्षीय लिबर्टी जर्मनको मृत्युमा चार हप्ताको सुनुवाइपछि नोभेम्बरमा ५२ वर्षीय एलेनलाई हत्याको दोषी ठहर गरिएको थियो।
घनिष्ठ साथीहरू भएका किशोरीहरूको शव फेब्रुअरी १४,२०१७ मा पैदल यात्रा गोरेटो नजिक फेला परेको थियो। तर तिनीहरूको हत्या वर्षौंसम्म समाधान हुन सकेको थिएन ।
न्यायाधीश फ्रान्सिस सी. गुलले उनलाई सजाय सुनाएका हुन् । लिबर्टीका हजुरबुवा र कानुनी अभिभावक माइक प्याटीले भने, “किशोरीहरूलाई न्याय दिइएको छ।”
इन्डियानापोलिस राज्य प्रहरीले अक्टोबर २०२२ मा एलेनलाई पक्राउ गरेको थियो । अभियोजकहरूका अनुसार एलेनले मोनोन हाई ब्रिज ट्रेल (गोरेटो)मा किशोरीहरूलाई भेटेका थिए ।
बन्दुकले सशस्त्र भएका उनले उनीहरूलाई पहाडबाट तल झारेर हत्या गरेका थिए । निर्णायक मण्डलले नोभेम्बर ११ मा एलेनलाई हत्याका चारवटा गन्तीहरूमा दोषी ठहर गरेको थियो । उनलाई सजाय सुनाए पछि उनका वकिलहरुले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।
इन्डियानापोलिसबाट ६० माइल उत्तरपश्चिममा रहेको करिब २,९०० को बसोबास भएको सानो शहर डेल्फीलाई हत्याले समुदायलाई स्तब्ध बनाउनुको साथै आश्चर्य बनाई दिएको छ ।
प्रतिक्रिया