युक्रेनसँग रातभरि मानव रहित उपकरण आदानप्रदान भएपछि रूसी विमानस्थलहरू अवरुद्ध भएका छन् । रूसी अधिकारीहरूले कजान शहरमा ८ वटा युक्रेनी मानव रहित उपकरणहरु देखिएको बताएका छन् ।
अधिकारीहरूले युक्रेनी मानव रहित यान (ड्रोन)ले आक्रमण गरेको आरोप लगाएपछि शनिबार बिहान दुई रूसी बिमानस्थल (एयरपोर्ट)हरूमा उडान प्रतिबन्ध अन्तर्गत राखिएको छ।
सरकारी स्वामित्वको आरआईए नोवोस्तीका अनुसार रूसको संघीय हवाई यातायात निकायले काजान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडानमा अस्थायी रोक लगाएको छ । रुसको दक्षिणपश्चिममा रहेको साराटोभ शहरको गागारिन बिमानस्थलहरुमा प्रतिबन्धहरू गरिएको छ ।
कजान सबैभन्दा नजिकको युक्रेनी-नियन्त्रित क्षेत्रबाट ६०० माइल भन्दा बढी छ। साराटोभ युक्रेनी-नियन्त्रित क्षेत्रबाट ३५० माइल भन्दा बढी छ।
काजानका नगर प्रमुख इलसुर मेत्शिनले शहरका तीन जिल्लाका घरहरूमा आगलागी भएको जानकारी दिए । आवश्यक ठानेका विद्यालयहरू खाली गर्ने घोषणा गरेको टासले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले छ वटा युक्रेनी मानव रहित यान (ड्रोन )खसालेको बताएको छ। कुल मिलाएर मन्त्रालयले रुसी भूभागमा १९ युक्रेनी मानव रहित यान (ड्रोन )खसालेको बताएको छ।
यसैबीच युक्रेनको वायुसेनाले रुसले युक्रेनमा रातभरि ११३ मानव रहित यान (ड्रोन) प्रक्षेपण गरेको र जसमध्ये ५७ वटा हवाई सुरक्षा टोलीले खसालेको बताएको छ ।
युक्रेनको इलाकामा प्राक्षेपिक (ब्यालिस्टिक )हतियारको प्रयोगको खतरा” को चेतावनीको साथै युक्रेनी वायु सेनाले शनिबार बिहान युक्रेनभरि हवाई आक्रमण खतराको चेतावनी स्वरुप घन्टी (साइरन) बजाएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार दक्षिणी शहर खेरसनमा रहेको एक ओन्कोलोजी सेन्टर (अर्बुदविज्ञान केन्द्र)लाई ध्वस्त पारेको बताए । त्यस्तै खार्किभ र जापोरिझीया आवासगृह भवनहरूलाई क्षति पुर्याएको उनले बताएका छन् । जापोरिझियामा सात जना र खार्किभमा छ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया