अमेरिकी सिनेटद्वारा अल्पकालीन सरकारी कोष विधेयकलाई अनुमोदन ,बाइडेनले हस्ताक्षर गर्ने

इनेप्लिज २०८१ पुष ६ गते १२:०५ मा प्रकाशित

अमेरिकी सिनेटले अल्पकालीन सरकारी कोष विधेयकलाई अनुमोदन गरेको छ ।

सिनेटमा हुन्छ भन्ने पक्षमा ८५ र हुदैन भन्ने पक्षमा ११ मत प्राप्त गर्दै सिनेट बहुमतले यो बिधेयक पारित गरेको छ । अर्थात् अब अस्थायी रुपमा संघीय सरकार बन्द नहुने पक्का भएको छ । सिनेटले पारित गरे संगै अब उक्त बिधेयक राष्ट्रपति जो बाइडेनले जाने छ । आज डिसेम्बर २१ शनिबारका दिन बाइडेनले हस्ताक्षर गर्ने छन् ।

मध्यरात पछि भएको मतदानमा सिनेटले छोटो अवधिको सरकारी कोष विधेयकलाई अनुमोदन गर्यो । यो बिधेयकलाई अन्तिम रुप दिन राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्नु पर्ने हुन्छ ।

कानुनले अर्को बर्ष २०२५ को मार्च १४ सम्म सरकारी कोष विस्तार गर्नेछ। यो बिधेयकले विपद् सहायताका लागि १०० बिलियन डलर, किसानका लागि ३० बिलियन डलर र खेती बिधेयकको एक वर्षको म्याद थप गर्दछ।

प्राविधिक रूपमा यो मध्य रात अगाडी पारित हुन् सकेन । सिनेटले १२ :३८ मिनेटमा बिधेयक पारित गरेको एबिसीन्यूजले जनाएको छ । समयसीमा भन्दा करिव ३८ मिनेट पछि पारित गर्न सफल भएको छ ।

मतदान अघि सिनेटका बहुमत नेता चक शुमरले यो विधेयक पारित गर्नमा सिनेटको कामको प्रशंसा गरे। उनले कानूनलाई “राम्रो विधेयक” को रूपमा व्याख्या गरे। “यो अमेरिका र अमेरिकी जनताको लागि राम्रो नतिजा हो,” शुमरले भने।

छोटो अवधि कोष विधेयक पारित संगै ११८ औं कंग्रेस भेलाको अन्त्य भएको छ । सिनेट अब जनवरी ३ ,२०२५ मा फर्किनेछ।

प्रतिक्रिया