युक्रेन बिरुद्ध रुसको लागि लडि रहेका कम्तिमा १०० उत्तर कोरियाली सैनिकको मृत्यु र एक हजार घाइते भएको दक्षिण कोरियाली गुप्तचरले जनाएको छ। रुसमा १२,००० उत्तर कोरियाली सैनिक तैनाथ हुने विश्वास गरिएको छ।
एबिसीन्यूजका अनुसार उत्तर कोरियाले हताहतको बावजुद रुसमा थप सेना पठाउन सक्ने दक्षिण कोरियाको राष्ट्रिय गुप्तचरले बिहीबार सांसदहरूलाई बतायो ।
रुसको कुर्स्कमा भएको लडाईमा कम्तिमा १०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ र १,००० भन्दा बढी घाइते भएका छन्, सत्तारूढ दलका दक्षिण कोरियाली सांसद ली सुङ-क्वोनले बिहीबार दक्षिण कोरियाको राष्ट्रिय गुप्तचरसँगको गोप्य बैठक पछि पत्रकारहरूलाई भने।
अमेरिका र युक्रेनीहरुका अनुमानहरू अनुसार १०,००० देखि १२,००० बीचमा उत्तर कोरियाली सेनाहरू हाल रूस भित्र छन् । उनीहरूको ध्यान अहिले कुर्स्क क्षेत्रमा रहेको छ । युक्रेनी र अमेरिकी अधिकारीहरूले अब उत्तर कोरियाली सेनाहरू सक्रिय रूपमा लडाइँ र हताहतमा संलग्न रहेको बताएका छन्।
युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले यस हप्ता कुर्स्कमा कम्तिमा ३० उत्तर कोरियाली सेना मारिएको र घाइते भएको जनाएको थियो ।
दक्षिण कोरियाको राष्ट्रिय गुप्तचरले क्षेप्यास्त्र, मानव रहित यन (ड्रोन) आक्रमण र अभ्यासका क्रममा उच्च अधिकारीहरू सहित धेरै उत्तर कोरियाली हताहत भएको सुझाव दिने प्रमाण फेला पारेको लीले बिहीबार बताए।
मानवरहित यान (ड्रोन)मा अज्ञानताका कारण उत्तर कोरियाली सैनिक बोझ बन्दै गएको रूसी सेनाबाट गुनासो छ, लीले भने ।
प्रतिक्रिया