ममता प्रकरणमा सच्चीको अन्तर्वार्ता: भौतिक प्रमाणको रूपमा अदालतमा प्रस्तुत(अन्तर्वार्ताको भिडियो सहित)

अन्तर्वार्ताबाट भौतिक प्रमाणसम्म ममता प्रकरणमा सच्चीको भूमिका

इनेप्लिज २०८१ पुष ४ गते २:२४ मा प्रकाशित

अमेरिकाको पेन्सिल्भेनिया राज्यमा बस्दै आएकी निडर र सशक्त पत्रकार सच्ची मैनालीले ममता काफ्ले प्रकरणमा लिएका अन्तर्वार्ताहरू भौतिक प्रमाणको रूपमा अदालतमा प्रस्तुत हुने भएका छन्।

सच्ची र अन्य दुई स्थानीय पत्रकारहरूलाई साक्षीको रूपमा अन्तिम सुनुवाईमा बोलाइएको छ। सच्चीले लिएका अन्तर्वार्ताले ठूलो भूमिका निर्वाह गरेको कारण, ममता पक्षका सरकारी वकिलहरूले उनलाई आगामी २०२५ सेप्टेम्बर ८ देखि सुरु हुने बयानको लागि आमन्त्रित गरिसकेका छन्।

सच्ची उक्त समयमा भर्जिनिया राज्यमा भौतिक रूपमा उपस्थित हुने छिन्। उनले ममताका आमा, दाजु, पति नरेश भट्ट, नरेशका निकट साथी मन्दिरा, एड्रियन पोखरेल, नरेशका अर्का साथी मुकुन्द भट्ट र उनकी श्रीमती सुशीला दाहाल , साथै ममताकी बचपनदेखिका साथी भूमिका सत्यालसँग पनि अन्तर्वार्ता लिएकी थिइन्।

उनले लिएका अन्तर्वार्ताहरूले बिश्वव्यापी रूपमा चर्चा पाए। पत्रकारिताको कसरत र धर्मलाई नछोडी, सच्चीले ममताको न्यायका लागि शारीरिक अस्वस्थताका बाबजुद पनि पूर्ण योगदान दिइन्। आज ती हक्की र निडर नेपाली मूलकी पत्रकार सच्चीलाई अदालतमा अन्तर्वार्ताको प्रभावको कारण भौतिक प्रमाणको रूपमा निर्णायक मण्डल (जुरी) अगाडि उपस्थित गराउने तयारी गरिएको छ।

भर्जिनिया राज्यको अदालतमा, भर्जिनिया कोर्ट केस इन्फर्मेसन (अदालतमा मुद्दाका सूचना) मा सच्चीको नामसमेत राखिएको छ। नरेश भट्टका अमानवीय कार्यहरूको पर्दाफास र अन्य थुप्रै महत्वपूर्ण जानकारीको उजागर गर्नुका कारण, १६ दिने परीक्षणमा सच्चीको अन्तर्वार्ताले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

नरेश भट्टको परीक्षण (कानूनी सोधपुछ) २०२५ को सेप्टेम्बर ८ मा सुरु हुनेछ। यसका साथै, उनलाई ३ वटा जघन्य अपराधको अभियोग लगाइएको छ।

प्रिन्स विलियम काउन्टी राष्ट्रमण्डलकी अधिवक्ता एमी एशवर्थले अदालतमा पत्रकारहरूलाई नरेशलाई तीनवटा आरोपमा अर्को वर्ष सुनुवाईमा प्रस्तुत गरिने जानकारी दिइसकेकी छिन्।

नरेशको परीक्षण २०२५ सेप्टेम्बर ८ मा सुरु हुनेछ र १६ दिनसम्म चल्नेछ, जसको समापन अक्टोबर २ मा हुनेछ। एक अन्य सुनुवाई मार्च २०, २०२५ का लागि तय गरिएको छ, र प्रि-ट्रायल अर्थात् पूर्व परीक्षण अगस्त २५, २०२५ मा हुने तय भएको छ, डब्लूयुएसए९ ले समाचारमा उल्लेख गरेको छ।

स्मरण रहोस्, यस अघि उनी लामो समयसम्म इनेप्लिजकी आवासीय सम्पादक थिइन् ।

अन्य श्रब्यदृश्य(भिडियो )हेर्न सच्चीको साथमा गएर हेर्नु होला :

प्रतिक्रिया