सवारी साधन (कार)को यात्रु सिटमा मृत महिला फेला परे पछि क्रोएसियाली अधिकारीहरूद्वारा अस्ट्रियाली नागरिक गिरफ्तार

इनेप्लिज २०८१ पुष ३ गते २:४४ मा प्रकाशित

क्रोएसियाली अधिकारीहरूद्वारा एक अस्ट्रियाली नागरिकलाई शव तस्करी गर्न खोजेको आशङ्कामा गिरफ्तार गरिएको सिबिएसन्यूजले जनाएको छ ।

सवारी साधन (कार)को यात्रु सिटमा मृत महिलाको साथ सीमा नाकामा एक व्यक्ति रोकिएको क्रोएसिया प्रहरीले बताए ।

६५ वर्षीय व्यक्तिलाई नोभेम्बरको अन्तमा बोस्नियासँगको गुन्जा सीमानामा आफ्नो र अर्को यात्रुको लागि यात्रा कागजातहरू पेश गरेपछि रोकिएको थियो।

महिला यात्रु होशमा थिइनन् र बोली रहेकी थिइनन् त्यो देखेपछि भन्सार अधिकारीहरूलाई शंका लाग्यो। प्रहरीले घटनास्थलमा मृत्यु समीक्षक (कोरोनर)बोलाए र यात्रुको मृत्यु भएको पुष्टि गरे ।

अधिकारीहरूका अनुसार ८३ वर्षीया महिलाको बोस्नियामा मृत्यु भएको थियो। सिबिएसन्यूजका अनुसार चालकले “मृतकको ढुवानीसँग सम्बन्धित औपचारिकताहरू बेवास्ता गर्न” उनको शव अस्ट्रिया फिर्ता लैजान खोजेको थियो।

प्रहरीले यी दुईबीचको सम्बन्धबारे विस्तृत रूपमा खुलाएको छैन । तर स्थानीय सञ्चारमाध्यमले उक्त व्यक्तिलाई मृतकको कानुनी अभिभावकको रूपमा वर्णन गरेको छ। प्रहरीले यो मुद्दा औपचारिक रूपमा देशका अभियोजकहरूलाई सुम्पिएको बताएको छ।

सिएबिसन्यूजले जनाए अनुसार अमेरिकामा पनि विभिन्न कारणहरूले गर्दा तिनीहरूको सवारी साधनहरूमा लाशहरू भेटिएका छन्। गत वर्ष टेक्सासमा एक व्यक्तिलाई निजी गाडी (कार) भित्र एक व्यक्तिको शव फेला परेपछि पक्राउ गरिएको थियो जहाँबाट करिब ४० माईल टाढा गाडीले ठक्कर दिएको विश्वास गरे ।

सन् २०१४ डेट्रोइट-क्षेत्रका एक व्यक्तिले एरिजोनाबाट मिशिगनको लागि सवारी साधन हाक्ने क्रममा आफ्ना एक यात्रुको मृत्यु भएपछि उनले रोक्न र अधिकारीहरूलाई सम्पर्क गर्न अस्वीकार गरेका थिए किनभने प्रहरीले अनुसन्धान गरेमा उनलाई थुनिने डर थियो। त्यसको चार वर्षअघि साउथ क्यालिफोर्नियाकी एक महिलाले आफ्नो यात्रु सिटमा घरबारविहीन महिलाको शव लिएर महिनौंसम्म घुमफिर गरेकी थिइन् ।

प्रतिक्रिया