अमेरिकाको विस्कन्सिन विधालयमा गोली चलाउने १५ बर्षिय बिधार्थीको नाम सार्वजनिक

इनेप्लिज २०८१ पुष २ गते १७:५२ मा प्रकाशित

अमेरिकाको विस्कन्सिन राज्यको विधालयमा गोली चलाउने १५ बर्षिय बिधार्थीको नाम सार्वजनिक गरिएको छ ।

प्रहरीले विस्कन्सिन म्याडिसन स्थित एब्न्डन्ट लाइफ क्रिश्चियन विधालयमा गोली चलाउने  संदिग्धको पहिचान गरि उनको नाम सार्वजिनक गरेको छ।

म्याडिसन प्रहरी प्रमुख शोन बार्नेसका अनुसार गत सोमबार बिहान गोली चलाउने किशोरी”सामन्था” नामले चिनिने र उनको नाम नताली रुपनो भएको जनाइएको छ।

उनले आफैले गोली हानेर आत्महत्या गरेकी थिईन।, बार्नेसले सोमबार उनलाई अस्पताल लैजाँदै गर्दा मृत घोषित गरिएको बताए।

प्रतिक्रिया