युनाइटेड हेल्थ केयरका प्रमुखको हत्या गर्ने संदिग्धको औठा छाप र घटनास्थलको बन्दुक मेल मेल खायो : न्यूयोर्क प्रहरी बिभाग

इनेप्लिज २०८१ मंसिर २७ गते ११:४५ मा प्रकाशित

युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकारी(सीईओ) ब्रायन थम्पसनको हत्याको औठा छाप र घटनास्थलको बन्दुक मेल मेल खाएको न्यूयोर्क प्रहरी बिभागले जनाएको छ ।

घटनास्थल नजिकै बरामद गरिएको लुइगी म्याङ्गिओनीको औंठा छाप (फिंगरप्रिन्ट)सँग मिल्दोजुल्दो मुद्रण (प्रिन्ट )भएको एबिसीन्यूजले जनाएको छ ।

युनाइटेड हेल्थकेयरका सीईओको हत्यामा लुइगी विरुद्ध थुप्रै प्रमाणहरू फेला पारिएको छ । प्रहरीले घोस्ट गन अर्थात् घरेलु बन्दूक न्यूयोर्कमा बरामद गरिएको छ । जस मध्ये गोलीका खोल समेत मेल खाएको प्रहरी आयुक्त कमिश्नर जेसिका टिशले बताइन ।

म्यानह्याटन अतिथि गृह (होटेल )बाहिर तीनवटा गोलाको आवरण भेटिएको न्यूयोर्कका प्रहरी अधिकारीहरूले बुधबार बताएका छन् ।

अपराध स्थल नजिकै पानीको सिसी र किन्ड बार (खाजा )बाट बरामद गरिएकामा औंठाछापहरू पनि म्याङ्गिओनसँग मिलेको छ। उनलाई लगभग फरार भएको एक हप्ता भागेको पछि सोमबार पेन्सिलभेनियाको अल्टोनामा पक्राउ गरिएको थियो।

पेन्सिल्भेनियाका एक न्यायाधीशले उनलाई मंगलबार बिना जमानत पक्राउ गर्न आदेश दिए। उनलाई न्यूयोर्कमा सुपुर्दगीलाई गरिने उनले दोस्रो श्रेणीको हत्या सहितको आरोपहरूको सामना गरि रहेका छन् ।

प्रतिक्रिया