निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिस्टोफर लान्डाउलाई विदेश उपसचिव पदमा मनोनीत गरेका छन् । क्रिस्टोफर लान्डाउलाई विदेश उपसचिवको रूपमा सेवा गर्न मनोनीत गर्न पाउँदा खुसी भएको ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखेका छन् ।
ट्रम्पले यस्तो लेखका छन् : क्रिसले अमेरिकाको पहिलो विदेश नीति मार्फत हाम्रो राष्ट्रको सुरक्षा र समृद्धिलाई प्रवर्द्धन गर्नका लागि हाम्रो महान विदेश सचिव मार्को रुबियोसँग मिलेर काम गर्नेछन्। क्रिसले मेक्सिकोमा मेरो राजदूतको रूपमा सेवा गरे । उनले अवैध आप्रवासनलाई कम गर्न हाम्रो टोलीसँग अथक प्रयास गरे।
उनि हाम्रो देशका महान वकिलहरू मध्ये एक हुन् । संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतका न्यायाधीश एन्टोनिन स्कालिया र क्लेरेन्स थोमस दुवैको लागि कार्य सहायक पनि हुन् ।
उनले हार्वर्ड कलेजबाट स्नातक गरेका छन् । आफ्नो कक्षाका प्रथम हुन् । साथै हार्वर्ड कानून बिद्यालयबाट निस्केका वकिल हुन् । अमेरिकी सर्वोच्च अदालतमा नौ मुद्दाहरू बहस गरेका छन् ,सामाजिक संजाल मार्फत ट्रम्पले उनको परिचय यसरी गराए ।
प्रतिक्रिया