न्यूयोर्कमा स्वास्थ्य बिमा युनाइटेड हेल्थकेयरका प्रमुख कार्यकारी अधिकारी ब्रायन थम्पसनको हत्या गर्ने संदिग्ध बिधुतिय दूई चक्र बाहन चलाएर फरार भएको प्रहरीले जनाएको छ। एक लगानीकर्ता सम्मेलनमा भाग लिनु अघि ब्रायन थम्पसनलाई बुधबार बिहान म्यान ह्याटनमा गोली हानी हत्या गरिएको छ ।
बुधवार थम्पसन लक्षित आक्रमणमा परेका थिए । संदिग्ध अझै फरार छन्।
एबिसीन्यूजका अनुसार मुखौटा लगाएका एक संदिग्ध बन्दुकधारी हिल्टन होटल (अतिथिगृह )बाहिर पर्खिरहेका थिए जसलाई प्रहरीले “पूर्वनियोजित” हमला भनेको छ । बन्दुकधारीले थम्पसनको पाँच मिनेट अघि घटनास्थलमा आइपुग्नुअघि बिहान ६:४० बजे उनलाई छातीमा गोली हानेको प्रहरीले जनाएको छ।
बन्दुकधारीले उनि पछिल्तिर हिँडेको र उनलाई बन्दुक तानेर गोली हानेको श्रब्यदृश्य(भिडियो)मा कैद गरिएको छ। थम्पसन ठोक्किएर भुइँमा खस्दा एक साक्षी भागे। बन्दुकधारी त्यसपछि थम्पसनको नजिक गए र भाग्नु अघि धेरै पटक गोली हानेका थिए ।
संदिग्ध एक गल्लीमा पैदलै भागे जहाँ एक घुम्तीयन्त्र (फोन )बरामद भएको न्यूयोर्क प्रहरी बिभागका प्रमुख गुप्तचर जोसेफ केनीले बताए । त्यसपछि उनी बिधुतिय दुई चक्र बाहनमा भागे ।
उनी अन्तिम पटक बिहान ६:४८ मा सेन्ट्रल पार्कमा चढेको देखिएको प्रहरीले बताए । प्रहरीले हतियार बोकेको र दुई चक्रबाहनमा रहेको संदिग्धको तस्बिर सार्वजनिक गरेको छ । जासूसहरूले उनलाई पर्खिरहेको क्षेत्रबाट पानीको सिसी (बोतल)पनि बरामद गरेको छ।
न्यूयोर्क प्रहरी बिभागका जासूसहरूले युएस मार्शल सेवासँग र एफबीआईसँग काम गरिरहेका छन्
जासूसहरूले थम्पसनलाई कुनै प्रकारको व्यक्तिगत द्वन्द्वको कारण वा एक बीमा कार्यकारीको रूपमा उनको कामको परिणामको रूपमा लक्षित गरिएको हो कि भनेर निर्धारण गर्ने प्रयास गरिरहेका छन्। हत्यारालाई बुधवारको थम्पसनको तालिका र बैठक सुरु हुनु अघि नै उनी हिल्टनमा आइपुग्ने बारे तथ्यको बारेमा जानकारी भएको स्रोतहरूले एबिसीन्यूजलाई बताएका छन् ।
५० वर्षीय थम्पसन युनाइटेड हेल्थकेयर लगानीकर्ता सम्मेलनका लागि न्यूयोर्क शहरमा थिए । बैठक बिहान ८ बजे सुरु हुने भनिएको थियो । प्रहरीका अनुसार हिल्टनमा सम्मेलन भइरहेको थियो जसको बाहिर उनलाई गोली लागेको थियो, तर उनी त्यहाँ बसेका थिएनन् ।
युनाइटेड हेल्थकेयरको अभिभावक कम्पनी युनाइटेडहेल्थ ग्रुप विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा कम्पनीले एक विज्ञप्ति जारी गर्दै “हाम्रा प्रिय मित्र र सहकर्मी ब्रायन थम्पसनको निधनमा हामी गहिरो दुःखी र स्तब्ध छौं।”
“ब्रायन सबैका लागि एक उच्च सम्मानित सहकर्मी र साथी थिए,” बिज्ञप्तिमा भनिएको छ । “हामी न्यूयोर्क प्रहरी विभागसँग नजिकबाट काम गरिरहेका छौं र यो कठिन समयमा तपाईहरुको धैर्य र समझदारीको लागि अनुरोध गर्दछौं।”
सूचना तथा जानकारी दिने व्यक्तिलाई प्रहरीले १०,००० डलरको इनाम प्रस्ताव गरेको छ ।
को हुन् थम्पसन ?
थम्पसनलाई २०२१ मा युनाइटेड हेल्थ केयरको प्रमुख कार्यकारी नियुक्त गरिएको थियो । उनी युनाइटेड हेल्थ केयर मा २००४ देखि थिए। युनाइटेड हेल्थ केयरको प्रमुख कार्यकारी नियुक्त हुनु अघि थम्पसनले कम्पनीको सरकारी कार्यक्रम व्यवसायको प्रमुख कार्यकारी अधिकारी (सीईओ)को रूपमा काम गरे, जसमा मेडिकेयर र सेवानिवृत्ति व्यवसायहरू समावेश छन्।
शिक्षा: थम्पसनले १९९७ मा आयोवा विश्वविद्यालयबाट बाणिज्य प्रशासन अन्तर्गत मुख्य लेखा बिषयमा स्नातक गरेका थिए ।
प्रतिक्रिया