पटेललाई एफबीआई निर्देशकका लागि  सिनेटले अस्वीकार गर्नु पर्छ : ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन

इनेप्लिज २०८१ मंसिर १६ गते २०:२५ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भारतीय मूलका ट्रम्पका बफादार काश पटेललाई एफबीआई निर्देशकका लागि सिनेटले अस्वीकार गर्नुपर्ने बताएका छन् ।

बोल्टनले ट्रम्पको वाचा अनुसार पटेललाई एफबीआई निर्देशकको रूपमा मनोनीत गरेता पनि सिनेटले अस्वीकार गर्नु पर्ने आफ्नो स्पष्ट भनाई सिएनएनमा राखेका छन् ।

“ट्रम्पले काश पटेललाई आफ्नो ल्याभरेन्टी बेरिया( सोभियत रुसका प्रभावशाली राजनैतिक नेता ) को रूपमा मनोनीत गरेका छन्। सौभाग्यवश ,एफबिआई एनकेभिडी (रुसी गुप्तचर प्रहरी निकाय ) होइन, “बोल्टनले सोभियत तानाशाह जोसेफ स्टालिनको गोप्य प्रहरी प्रमुखलाई सन्दर्भ गर्दै सिएनएनलाई भने। “सिनेटले यो नामांकन १००-० लाई अस्वीकार गर्नुपर्छ।”

बोल्टन धेरै राष्ट्रिय सुरक्षा सल्लाहकारहरू मध्ये एक थिए जसले ह्वाइट हाउसमा ट्रम्पको पहिलो कार्यकालमा सेवा गरे । र ,अन्ततः बर्खास्त गरियो। त्यसपछि उनी ट्रम्पको अत्यन्तै प्रखर आलोचक बनेका छन् ।

प्रतिक्रिया