अमेरिकाको न्यूयोर्क, ओहायो र मिशिगनमा दुई फिट र पेन्सिलभेनियामा २९ इन्च हिमपात

इनेप्लिज २०८१ मंसिर १६ गते १२:५४ मा प्रकाशित

अमेरिकाको न्यूयोर्क, ओहायो ,मिशिगन राज्यको केही भागहरुमा कम्तिमा दुई फिट र पेन्सिलभेनिया राज्यमा कम्तिमा २९ इन्च हिमपात भएको छ ।

यस सप्ताहन्तमा यात्रा अत्यन्तै कठिन र खतरनाकको साथै विशेष गरी धेरै फिट हिउँ धेरै चाँडै जम्मा हुने राष्ट्रिय मौसम सेवाले शनिबार बताएको छ ।

सिबीएस न्यूयोर्क मौसमविद् जोन इलियटले “धेरै तीव्र हिउँ” ले ग्रेट लेक क्षेत्रहरू र मध्यपश्चिम क्षेत्रहरूमा रहेका समुदायहरूलाई असर गर्ने बताए।

पेन्सिलभेनियाको अन्तरराज्यीय ९० राजमार्गको केही भाग शनिबार बन्द गरिएको थियो । न्यूयोर्क, ओहायो र मिशिगनका केही भागमा झण्डै दुई फिट हिउँ परेको छ भने पेन्सिलभेनियाको उत्तरपश्चिमी छेउमा २९ इन्च हिउँ परेको छ

माथिल्लो प्रायद्वीपका केही क्षेत्रमा आइतवार रातीदेखि सोमबारसम्म ३ फिटसम्म हिउँ पर्न सक्ने राष्ट्रिय मौसम सेवा मौसमविद् लिली च्यापम्यानले बताइन ।

सोमबारसम्म वाटरटाउन र ओन्टारियो तालको पूर्वका अन्य क्षेत्रहरूमा ४ देखि ६ फिटसम्म हिउँ पर्न सक्ने सिबिएसन्यूजले जनाएको छ । न्यूयोर्कका गभर्नर क्याथी होचुलले राज्य एजेन्सीहरूलाई स्रोत परिचालन गर्न अनुमति दिँदै लक्षित काउन्टीहरूको लागि प्रकोप आपतकाल घोषणा गरेकी छिन् ।

द्रुत रूपमा बिग्रँदै गएको अवस्थाले शुक्रबार अन्तरराज्य ९० राजमार्ग बन्द गरिएको थियो । पश्चिमी न्यूयोर्कको अन्तरराज्य राजमार्ग ८६ र २१९ राजमार्गको धेरैजसो भागमा शुक्रबार दिउँसो देखि सवारी साधनहरूमा प्रतिबन्ध लगाइएको थियो ।

तस्बिर बिशेष कृतज्ञता : म्याट आईसर्ट

प्रतिक्रिया