ट्रम्पद्वारा फ्लोरिडाका शेरिफ चाड क्रोनिस्टरलाई औषधि प्रवर्तन प्रशासनको प्रमुखमा नियुक्त

इनेप्लिज २०८१ मंसिर १६ गते ११:४० मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हिल्सबरो काउन्टीका शेरिफ चाड क्रोनिस्टरलाई ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन अर्थात् औषधि प्रवर्तन प्रशासनको प्रमुखमा मनोनीत गरेको घोषणा गरेका छन् ।

उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा शनिबार एक प्रकाशनमा क्रोनिस्टर जसले ट्याम्पा फ्लोरिडा क्षेत्रमा ३२ वर्ष भन्दा बढी सेवा गरिसकेका छन् । उनि महान्यायाधिवक्ता पाम बोन्डीसँग काम गर्ने बताए । ट्रम्पले अमेरिकी-मेक्सिको सीमा सुरक्षित गर्न मद्दत गर्ने भूमिका निर्वाह गर्ने बताए ।

औषधि प्रवर्तन प्रशासन पदलाई सिनेटले अनुमोदन गर्नु पर्ने जरुरी छ ।

“डीईए प्रशासकको रूपमा, चाडले हाम्रो महान महान्यायाधिवक्ता पाम बोन्डीसँग सीमा सुरक्षित गर्न, फेन्टानिल र अन्य अवैध लागूऔषधको प्रवाहलाई दक्षिणी सीमा पार गर्न र जीवन बचाउन काम गर्नेछन् ,” ट्रम्पले आफ्नो सामाजिक संजालमा उल्लेख गरेका छन् ।

क्रोनिस्टरलाई सन् २०१७ मा फ्लोरिडाका तत्कालीन गभर्नर रिक स्कटद्वारा हिल्सबरो काउन्टी शेरिफको कार्यालयको नेतृत्व गर्न नियुक्त गरिएको थियो । उनि दुई पटक त्यहाँ निर्वाचित भएका छन्।

उनले सेन्ट लियो विश्वविद्यालयबाट आपराधिक न्यायमा विज्ञानमा स्नातक र स्नातोकत्तर (मास्टर डिग्री )लिएका छन् । साथै एफबीआई राष्ट्रिय प्रतिष्ठान (नेशनल एकेडेमी)को २६० औं सत्रका स्नातक हुन्।

प्रतिक्रिया