गाजामा मृत्यु हुनेको संख्या ४४,२४९ पुग्यो ,१ लाख ४ हजार घाइते

इनेप्लिज २०८१ मंसिर ११ गते १२:३४ मा प्रकाशित

गाजामा मृत्यु हुनेको संख्या ४४,२४९ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको दैनिक प्रतिवेदन अनुसार गाजामा “चलिरहेको इजरायली आक्रमणको परिणामस्वरूप” गत २४ घण्टामा कुल १४ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन्।

अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमण पछि गाजामा इजरायली सैन्य कारबाहीबाट मर्नेहरूको संख्या ४४, २४९ पुगेको छ । मन्त्रालयका अनुसार त्यस्तै १ लाख ४ हजार ७ सय ४६ जना घाइते भएका छन् ।

प्रतिवेदनका अनुसार धेरै पीडितहरू अझै पनि भग्नावशेष मुनि र सडकहरूमा छन्। रुग्नवाहिणी (एम्बुलेन्स) र नागरिक सुरक्षा टोलीहरू उनीहरूसम्म पुग्न नसक्ने बताएको छ ।

प्रतिक्रिया